Monday, March 1News That Matters

अन्तुमा पर्यटकहरु बढे

दिनप्रतिदिन कोरोना महामाारी बढ्दो रुपमा फैलिरहेको समयमा पनि आन्तरिक पर्यटकहरु घुम्नमा व्यस्त छन् । नेपाल सरकारले लकडाउन खुलाए सगै पर्यटकहरु देशका विभिन्न स्थानहरु घुम्ने क्रम बढ्दो छ ।

लकडाउनका कारण सुस्ताएको पर्यटन व्यवसाय विस्तारै अघि बढ्दै छ । इलाम जिल्लामा रहेको पर्यटकीय स्थल अन्तु हेर्न जाने पर्यटकहरुको संख्या गत हप्ताबाट ह्वात्तै बढेको छ ।

अहिले दैनिक करिब १५००—२००० जति पर्यटकहरु अन्तुमा सूर्योदयको रोमाञ्चक दृश्य हेर्न आउने गरेको बताउछिन स्थानिय होमस्टे संचालक रेनुका घिमिरे । आफुले संचालन गरेको होमस्टे खचाखच भरिएको एवम् अन्य होमस्टेहरुमा पनि उस्तै भिड रहेको बताउछिन उनी ।

जोखिमपूर्ण परिस्थीतिमा सूरक्षित तवरले सेवा प्रदान गरिरहेको उनी बताउछिन । अन्तुमा पर्यटकहरु चिसो मौसमको मजा लिनुका साथै सूर्योदय सगै चियाबारीको मनोरम दृश्यहरु हेर्न पर्यटकहरु आउने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *