
नेपाल घरेलु तथा साना उद्योग महासंघले लघु, घरेलु तथा साना उद्यमीहरुमा वित्तिय पहुँच अभिवृद्धिका लागि कार्य गर्दै आएको छ । यसै सन्दर्भमा नेपाल सरकारद्वारा घोषित सहुलियतपुर्ण कर्जा प्रवाहका सम्बन्धमा महासंघले राष्ट्रिय बाणिज्य बैंक, एनएमबी बैंक, नेपाल बंगलादेश बैंकसंग सहकार्यका लागि सहमती पत्रमा हस्ताक्षर गरिसकेको छ । अन्य बैंकहरुसंग सहकार्यका लागि छलफल अगाडी बढाएको छ । कर्जा प्राप्तीका लागि कर्जा लिन चाहने उद्यमीहरुलाई जानकारी गराई दिन महासंघले जिल्ला स्थीत कार्यालयहरुलाई पत्राचार गरिसकेको छ ।
सहुलियतपूर्ण कर्जा कार्यक्रम अन्तरगतः
१. व्यवसायीक कृषि तथा पशुपक्षि कर्जा
२. शिक्षित युवा स्वरोजगार कर्जा
३ .बैदेशिक रोजगारबाट फर्केका युवा परियोजना कर्जा
४. दलित समुदाय व्यवसाय विकास कर्जा
५. महिला उद्यमशिलता कर्जा
६.कपडा उद्योग कर्जा
नियमित कर्जा अन्तरगतः
१. स्वच्छ वातावरणिय सवारी साधन कर्जा
२. लघु, घरेलु तथा साना उद्योग कर्जा
gharelu yojana