
शैक्षिक सत्र २०७७÷७८ बाट लागु भनी निर्धारण भएको नयाँ पाठ्यक्रम लागू नर्गन सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश बिहिबार जारी गरेको छ ।
नयाँ पाठ्यपुस्तक बजारमा आइसकेको एवम् धेरै विद्यालयहरुमा पठन पाठन सञ्चालन भइ रहेको अवस्थामा यो आदेश जारी भएको छ ।
सर्वोच्च अदालतले राष्ट्रिय विद्यालय पाठ्यक्रम ड्राफ्ट २०७६ लागू नगर्न छोटो अवधिको अन्तरिम आदेश जारी गरेको छ । यो आदेश सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीले जारी गरेका थिए ।आदेशको साथ, कक्षा ११ को लागि हाल नयाँ पाठ्यक्रम लागु हुने छैन ।

भगवत अर्यालले लगाईएको रिटमा भएको बहसपछि सर्वोच्च अदालतले विपक्षी पाठ्यक्रम विकास केन्द्र, सानोथीमीलाई आउँदो १५ दिन भित्र उपयुक्त कारणसहितको लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।