Monday, March 1News That Matters

किलोको दश लाख पर्ने बहुमूल्य केशर इलाममा उत्पादन हुदै

जडीबुट्टीको रुपमा प्रयोग हुने केशरको बजार मूल्य हाल प्रतिकिलो दश लाख रहेको छ । विश्वका जडीबुटीहरुमा बहुमूल्यको सूचिमा रहेको केशर भित्रको लुर्काको सङ्कलन गर्ने गरिन्छ । एउटा फूलमा १० देखि १५ मिलिग्राम केशर प्राप्त हुन्छ । नेपालमा वार्षिक ७ देखि १० किलोसम्म केशर उत्पादन हुने गरेको छ ।

मूल्यवान केशर इलाममा गतसाल सुरु गरिएको थियो । हालमा यसले उत्पादन दिन थालेको छ । माईजोगमाई गाउँपालिकामा यसको व्यवसायिक उत्पादनको दोस्रो चरण सुरु भएको छ । सो पालिकाको जौबारी मल्टी पर्पोज एग्रीकल्चर एण्ड इन्भाइरोमेण्ट सेण्टरले केशरको खेती गत सालबाट सुरु गरेको थियो । यही कात्तिक ५ गते बुधबार दोस्रो पटक उत्पादित केशरको फूल संकलन गरिएको छ ।
केशर खेतीका लागि १५०० देखि २५०० मिटरको उचाई उपयुक्त मानिन्छ । यसका साथै सामान्य हिमपात हुने र तुषारो पर्ने मौसम यसका लागि उपयुक्त मानिन्छ । बालीको सुरुवात असोज महिनामा हुन्छ भने मङ्सिरमा बाली भित्रयाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *