Monday, March 1News That Matters

कोरोना भाइरस देखा नपरेका देशहरु

covid in brazil

हाल विश्वका २१४ वटा देशहरु कोभिड १९ बाट प्रभावित छन् । हालसम्म ३ करोड ७१ लाख भन्दा बढी मानिसहरु संक्रमित भैसकेका छन् विश्वमा । १० लाख ७२ हजार भन्दा बढी मानिसहरुको मृत्यु भैसकेको छ ।

यस्तो संकटको घडीमा पनि विश्वका केही देशहरु छन् जसमा हालसम्म पनि कोरोना भाइरस देखा परेको छैन । ती ११ देशहरु हुन टोंगा, तूर्कमेनिस्तान, टुभाल, भानुआटु, माइक्रोनेसिया, नौरु, उत्तर कोरिया, पलाउ, समाओ, किरीबाटी र मार्शल आइलेन्ड ।

उत्तर कोरिया विश्वको पहिलो देश थियो जसले कोरोना भाइरस चिनमा देखा पर्ने विक्तिकै आफ्नो सिमानाहरु बन्द गरेको थियो । उच्च सर्तकता अपानाउदै कोरियाले स्वदेश एवम् विदेशबाट आउने मानिसहरुलाई अनिवार्य १ देखि २ महिना क्वारेन्टाइनमा बस्नुपर्ने कडा नियम लगाएको छ ।

कोरोनाभाइरसबाट प्रभावित नरहेका अन्य देशहरुले उच्च सर्तकर्ता अपनाउदै कडा नियमको पालाना गरेका छन् । जसको फलस्वरुप हालसम्म कोरोना भाइरस देखा परेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *