Monday, March 1News That Matters

टेलिकम एप पहिलोपटक डाउनलोड गर्नेलाई ५०० एमबी डाटा निःशुल्क

Image www.pngtree.com

नेपाल टेलिकमले दशै तिहार जस्तो चाडपर्वलाई लक्षित गरेर विभिन्न अफरहरु ल्याउने गरेका छ । यो वडा दशैमा पनि विशेष अफरहरु ल्याएको छ । दशै अफरमा असोज १ गते घटस्थापना देखि लागु हुने प्याकेज ल्याएको छ ।

तिहार अफर चाहि कागतिहार देखि छठसम्म लागु हुनेछ । त्यसैगरी अटम अफरको रुपमा ३ दिनका लागि रु ५५ मा युटुब अनलिमिटेड र फेसबुक अनलिमिटेड अफर ल्याएको छ । यी अफरहरु लिनेलाई थप सुविधा स्वरुप १ जीबि डाटा प्याक रु १५ मा उपलब्ध गराएको छ ।

त्यसैगरी रु ४० मा ७० मिनेटको भ्वाइस प्याक अफर ल्याएको छ ।
त्यस्तै घटस्थापना देखि टेलिकम एप पहिलोपटक डाउनलोड गर्नेलाई ५०० एमबी डाटा एकपटकका लागि निःशुल्क उपलब्ध गराएको छ ।


ह्याप्पी लर्निङ प्याक मा मानिसहरुको बढ्दो चासोलाई ध्यानमा राखि यो सेवा सबै ग्राहकका लागि सम्बन्धित निकायको सिफारिस बिना उपलब्ध गराउने गरी सेवा सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *