Tuesday, April 13News That Matters

दमकमा प्रदेश नं.१ बालिका सम्मेलन, २०७७ आयोजना हुदै

सक्षम बालिका, समृद्ध प्रदेश’ भन्ने नाराका साथ १ नं. प्रदेश भरिका बालिकाहरुलाई सहभागी गराउने लक्ष्यका साथ नगर बाल सञ्जाल दमकको आयोजना र दमक नगरपालिकाको समन्वयमा असोज २४ र २५ गते बालिका सम्मेलन, २०७७ आयोजना हुने भएकाे छ ।

बालिकाका अवस्था, बालिका विरुद्धका हिंसा, लकडाउनमा बालिका साथै सो बाट बच्ने उपायहरु, कानुनी प्रावधान, राष्ट्रका नीतिहरुका बारेमा विभिन्न वक्ताहरु एवं भिडियो प्रस्तुति मार्फत जानकारी दिने साथै बालिकाका जिज्ञाशा भए सो निराकरण समेत गर्ने प्रयास लिदै भर्चुअल कार्यक्रम हुने तय भएको छ ।

कार्यक्रमले बालिकाहरुलाई बाल दुर्व्यवहार, बाल विवाह, सामाजिक विकृति, अन्धविश्वास लयायत विषयमा समेत सचेत गराउदै सक्षम बनाउने आशा लिएको छ ।

यस कार्यक्रममा प्रदेश नं. १ का १० देखी १८ वर्षसम्मका बालिकाहरु सहभागी हुन सक्नेछन् । सो कार्यक्रम उक्त मितिमा दिनको ११ बजे बाट हुनेछ । कार्यक्रममा सहभागी हुन नगरपालिकाले उपलब्ध गराएको गुगल फर्म भरी जुम एप्लीकेसन डाउनलोड गर्न अनुरोध गरेको छ । गुगल फारमको लिंक — bit.ly/mcndamak

Leave a Reply

Your email address will not be published. Required fields are marked *