Monday, March 1News That Matters

निःस्वार्थ सडकका पशुहरुको सेवामा लागेका युवाहरु

विर्तामोड,झापा

भनिन्छ एउटा कुकुरलाई तपाईले नियमित ७ दिन खाना खुवाउनु भयो भने कुकुरले तपाईलाई चिनेर पुच्छर हल्लाउछ । उसले तपाईलाई चाडै विश्वास गर्छ । तपाइलाई उसले महान सम्झन्छ । सबै मानिसहरुमा तपाइको सहयोग सम्झन्छ । तर सबै मानिसहरुको व्यहार समान हुदैन ।


तपाई सडकमा सुतेका एवम् खुट्टा खोच्याउदै हिडेका कुकुर एवम् पशुहरु देखेर कस्तो प्रतिक्रिया दिनुहुन्छ ? कसैले खाते कुकुर भन्दै लखेट्छन त कोही खानुकुरा दिएर प्रेम देखाउछन् । यी सबै व्यवहार मानिस अनुसार फरक पर्दछ । कसैले घरमा पालेको कुकुरलाई मात्र माया गर्दछ त कोहीले सबैलाई । यी सबै मानविय भावनाहरु हुन ।


झापामा सडक दुर्घटनाका घटनाहरु नियमित घट्छन । दुर्घटना निम्त्याउने एउटा कारणमा सडकका पशुहरु पनि पर्दछन् । खानाको खोजीमा यताउता हिड्ने क्रममा यस्तो दुर्घटना हुने गर्दछ । यी पशुहरुको उचीत व्यवस्थापन नहुदा पशु अधिकारसगै मानव सुरक्षामा पनि चुनौती थपिएको छ ।


विर्तामोड नगरमा मात्रै करिब ३/४ हजारको संख्यामा सामुदायिक कुकुरहरु छन् । तिनिहरु बेबारिसे अवस्थामा छन् । नगरबाट बेलाबेलामा निःशुल्क रेविज विरुद्धको खोप लगाउने कार्यक्रम हुने गर्दछ । तर अन्य समयमा तिनिहरु संरक्षणविन हुन्छन् ।


विर्तामोडमा एक संस्था छ पज सोसाइटी जसले सामुदायीक पशुहरु जस्तै कुकुरहरुको विशेष हेरचाह गर्दछ । विभिन्न पेशाका युवायुवतीहरु मिलेर स्वस्र्फुत रुपमा संगठीत भएर खोलीएको संस्था हो यो । यो संस्थाको संस्थापक सदस्य एवम् वर्तमान अध्यक्ष सकुन तुम्रोक हुन ।

करिब १६ जनाको युवाहरुको जमात मिली यो संस्था अनौपचारिक रुपमा अगाडी बढी रहेको छ । संस्थालाई औपचारिक रुपमा दर्ता गरी पशुसेवामा अगाडी बढ्ने उनीहरुको योजना रहेको छ ।

सुरु सुरुमा कुकुर तिहार लगायतको समयमा सडक कुुकुरहरुलाई खाना खुवाएर सेवा सुरु गरेको संस्था आजभोली कुकुरहरुलाई खाना खुवाउनुका साथै उनीहरुको उपचारमा पनि समर्पित छ ।

सडकमा विरामी भइ लडेका कुकुरहरु एवम् भोकभोकै सुतेका कुकुरहरुलाई सेवा गर्ने कार्यक्रम जारी रहेको वताउछन् संस्थाका परिकल्पनाकार एवम् पशु चिकित्सक सुक तुम्रोक ।

संस्थालाई औपचारिकता प्रदान गर्दै सडकमा रहेका सामुदायिक कुकुर लगायतका पशुहरुलाई उद्धार गरी सबैलाई यस कार्यमा प्रेरित गर्ने संस्थाको परिकल्पना रहेको छ ।


संस्थाका सदस्यहरुले आफुहरुबाट रकम संकलन गरी हप्ताको एक दिन कुकुरहरुलाई खाना खुवाउने कार्यक्रम जारी रहेको वताउछन तुम्रोक ।

शनिवारको दिन विहानै ६ बजे विर्तामोड वरिपरिका क्षेत्रहरु भद्रपुर स्टेण्ड, शनिश्चरे रोड, वसपार्क क्षेत्र लगायतका स्थानहरुमा सदस्यहरुले त्यहा रहेका कुकुरहरुलाई नियमित खाना खुवाउछन् । यो कार्यक्रम सुरु भएको ४५ दिन भएको बताउछन् उनी । एकपटकमा करिब २५० वटा कुकुरहरु यो सेवाबाट प्रत्यक्ष लाभान्वीत भएका छन् ।


वि.सं २०७६ साल श्रावण २२ गतेबाट समूहगतरुपमै पशु सेवामा रहेको यो समूहले सेवा नै धर्म हो भन्ने मूल मर्मलाई आत्मसात गरी निरन्तर निशुल्क सेवा प्रदान गर्दै आएको छ ।

सुरुमा झापा एनिमल रेस्क्यु एण्ड केयर सोसाइटी नाम राखी सेवा प्रदान गर्न थालेको यो संस्थाले झापामा सडक पशुहरुको हितमा बोल्ने कोही नभएको एवम् सेवा प्रदान गर्ने संस्था नभएको परिस्थीतिमा यो संस्था अगाडी बढेको बताउछन् सुख तुम्रोक ।

कुकुर जस्ता पशुहरु आफै बोल्न सक्दैनन् तसर्थ सडकमा लडेका विरामी एवम् भोका पशुहरुका आखामा झल्कीने पीडामा मलम लगाउन यो संस्था निरन्तर अगाडी बढ्दै जाने बताउछन उनी ।

सामुदायिक कुकुरहरुलाई हालमा एम्बुलेटरी सेवा प्रदान गर्दै आएको छ यो संस्था ले । विरामी कुकुरहरु जहा छन् त्यही गएर उपचार र खाना खुवाउछ यो संस्थाले । सुख तुम्रोक पेशाले पशु चिकित्सक हुन उनी आफै प्राय सडक पशुहरुको उपचारमा संलग्न रहन्छन् ।

खुला सदस्यता रहेको यो संस्थामा संलग्न हुन जो कोहीले पनि सक्ने तर अनिवार्य रुपमा पशुप्रेमि हुनुपर्ने उनको भनाइ छ । उनीले सडकका पशुहरुको सेवा गर्न चाहने सबै पशुपे्रमीहरुलाई आव्हान गरेका छन् यो संस्थामा आवद्ध हुनका लागि ।

खाते उपनामले चिनाइएको कुकुरहरुले सामुदायिक कुकुरको तक्मा त पायो तर समुदायले ती कुकुरहरुप्रति अपनत्वबोध गरेको सबै तिर देखिदैन । तसर्थ कुकुर लगायतका पशुहरुलाई पनि हाम्रै समाजको सदस्यको रुपमा सहज स्वीकार गरि उचित संरक्षणको प्रवद्र्धन गर्न सके सडक दुर्घटना न्यूनिकरण सगै पशु अधिकारको संरक्षणमा पनि पक्कै टेवा पुग्ने थियो ।

स‌स्थाकाे सम्पर्क 9804962904

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *