Thursday, February 25News That Matters

पर्यटकलाई स्वागत गर्न तयार छ कालीखोला सिमसार क्षेत्र

झापा,अर्जुनधारा

भिडीयाे सहित

कालीखाेला सिमसार

#Tourism in Arjundhara#KaalikhilaSIMSAR#Arjundhara

Posted by पारदर्शिता.Com on Wednesday, October 21, 2020

झापा पर्यटकीय क्षेत्रका लागि प्रसिद्ध जिल्ला हो । पूर्वी सिमाना काकडभिट्टा देखि दमकसम्म फैलिएको यो जिल्ला पर्यटकीय नगरी भन्दा अतिसयोक्ति नहोला ।

अर्जुनधारा जलेश्वर धाम, नेपालकै होचो भूभाग केचना, ऐतिहासिक किच्चकबध, सालबारी सिमसार क्षेत्र, शहीद नेत्र घिमिरे पार्क, सुखानी पार्क जस्ता महत्वपूणर् पर्यटकीय क्षेत्रहरुले भरिएको क्षेत्र हो झापा ।

जैविक विविधताले भरिएको झापामा कृषि पर्यटनको पनि उक्तिकै संभावना रहेको छ ।

झापाको पर्यटकीय क्षेत्रमा आफ्नो बेग्लै पहिचान स्थापित गर्न अगाडी बढ्दै छ अर्जुनधारा नगरपालिका वडा नं. १ मा रहेको हलुवागढ कालिखोला सिमसार क्षेत्र । करिब २६४.४८ हेक्टर क्षेत्रफलमा फैलिएको हलुवागढ सामुदायिक वन क्षेत्रमा पर्ने यो पर्यटकीय सिमसार ४.७ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

एक नगर एक पर्यटकीय क्षेत्रमा प्रस्तावित रहेको सो क्षेत्र औपचारिक रुपमा कार्तिक १ गतेबाट संचालनमा आएको छ । विविध मनोरम बाल उद्यान, आकर्षक सिमसार क्षेत्र, चिडियाखाना एवम् जैविक विविधताले भरिएको वन क्षेत्र अहिले बेहुली क्षै सिगारीएर पर्यटकको प्रतिक्षामा रहेको छ ।

कार्तिक १ बाट दैनिक करिब १५ जना पर्यटकीय आउने गरेको बताउछन् सिमसार क्षेत्रका कर्मचारी प्रविन फागो । सवै वर्गका पर्यटकहरुलाई समेटने सो क्षेत्रमा बनभोज स्थलको पनि व्यवस्था गरिएको छ । बनभोजका लागि विद्युत, पानी लगायतका पूर्वाधारहरुको पनि व्यवस्था गरिएको छ ।

संघिय सरकारको योजना अनुरुप एक नगर एक पर्यटकीय क्षेत्रमा अर्जुनधारा नगरपालिकाबाट प्रस्तावित रहेको सो क्षेत्र निरन्तर निर्माणको क्रममा रहेको बताउछन् अध्यक्ष चक्र बहादुर तामाङ्ग ।

अध्यक्ष चक्र बहादुर तामाङ्ग

सो क्षेत्र छनोटमा परेमा रु ७ करोड प्राप्त हुने र सो रकम बाट सात कटेरी होमस्टे, सिमसार क्षेत्रमा संग्राहलय, सिमसार क्षेत्रबाट करिब १ कि मि को दूरीमा रहेको मदन भण्डारी राजमार्गमा पर्यटकीय क्षेत्र र हात्ती खरिद गरी हात्ती सफारी जस्ता योजनाहरु संचालन गर्ने बताउछन् अध्यक्ष तामाङ्ग ।

करिब २ करोड ६० लाख लागतमा निर्माण भएको हलुवागढ कालिखोला सिमसार क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहबाट १ करोड ३१ लाख रकम उपलब्ध भएको र बाकी रकम सो सामुदायिक बनले जुटाएको थियो ।

वैज्ञानिक वन व्यवस्थापनमा गएको हलुवागढ सामुदायिक वन उपभोक्ता समितिले जैविक विविधता संरक्षण सगै पर्यापर्यटनलाई पनि बढावा दिनेमा दुइ मत छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *