
र्शीषक सुन्दा अचम्म लाग्न सक्छ मात्र बिस्कुट चाखेकै ४० लाख भन्दा बढी तलब भनेर । पत्याउनै मुस्कील लाग्न सक्छ हामीलाई ।
स्कटल्याण्डको बिस्कुट कम्पनी बोर्डरले यस्तो जागीरको लागि आवेदन माग गरेको छ । यो कम्पनी यस्तो मानिसको खोजीमा छ जो बिस्कुटको पारखी होस र विश्वको उत्कृष्ट स्वाद भएको बिस्कुट उत्पादन गर्न सकियोस । हो यसैको लागि यो कम्पनीले त्यती धेरै रकम तलबमा दिदैछ ।
यसका साथै आवेदकमा बिस्कुटको स्वाद र बिस्कुट उत्पादनको ज्ञान एवम् नेतृत्व क्षमता जस्ता विशेषताहरु पनि खोजेको छ । छनोट भएको व्यक्तिले तलबसगै वर्षमा ३५ दिन बिदा पनि पाउनेछ ।