
अर्जुनधारा, झापा
शनिश्चरे मावि, अर्जुनधाराका उच्च माविका ब्याच ०६१/६२ ले सो विद्यालयलाई ४०१ किताबहरु प्रदान गरेका छन् ।
शैक्षिक सत्र २०६१/६२ मा उच्च मावि तहमा शनिश्चरे मावि अध्ययन गर्ने विद्यार्थीहरुले तिहारको शुभ अवसर पारेर एक कार्यक्रम विच ती पुस्तकहरु विद्यालयलाई हस्तान्तरण गरेको छ ।

पुस्तक हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चेतामणि खनाल अध्यक्ष रहे भने सो कार्यक्रम संचालन सो ब्याचका विद्यार्थी एवम् विद्यालयका हालका माध्यमिक शिक्षक रुद्र खतिवडाले गरे ।
अर्जुनधारा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव तोयनाथ रेग्मी प्रमूख अतिथि रहेको सो कार्यक्रमका अतिथिहरुमा सो माविका विव्यस अध्यक्ष युवराज नेपाल, शिक्षक अभिभावक संघका अध्यक्ष मोहन पौडेली, अर्जुनधारा शिक्षक महासंघका अध्यक्ष पुण्य सुवेदी,अर्जुनधारा प्रेस क्लबका अध्यक्ष कुमार भट्टराई लगायतका रहेका थिए ।

सो कार्यक्रममा स्वागत मन्तव्य सोही ब्याचका सदस्य एवम् शनिश्चरे माविका हालका शिक्षक कपिल तिम्लिसिनाले गरे भने किताब दाताहरुको तर्फबाट मन्तव्य सो ब्याचका विद्यार्थी एवम् नेपाल विद्युत प्राधिकरणका कर्मचारी विकास दाहालले गरेका थिए ।