
नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७७/७/२४ गतेको निणर्य अनुसार किजा पुजाको अवसरमा मंसिर २ गते मंगलबारका दिन नेपालभर सार्वजनिक विदा दिने निणर्य गरेको छ ।
नेपाल भरिका सबै सरकारी कार्यलय, सार्वजनिक निकाय, संघ संस्था, शिक्षण संस्था सो दिन बन्द रहनेछन् ।
नेवार समुदायको भाइटिकाको रुपमा प्रचलित रहेको किजा पुजामा नेवारी समुदायको महान चाडपर्वहरुमा पर्दछ । स्वन्ती पर्वको पाचाै दिन किजा पुजा गर्ने चलन नेवार समुदायमा रहेको छ । यसलाई नेवारी समुदायको दिपावली वा तिहारको रुपमा चिनिने गरिन्छ ।