Monday, March 1News That Matters

महिला फिफा अण्डर—१७ विश्व कप फेरि स्थगित हुने सम्भावना ।

महिला फिफा अण्डर १७ विश्वकप, जुन फेब्रुअरी—मार्चमा हुने भनी तयारी थालिएकोमा पुनः स्थगित हुने सम्भावना छ ।

मूलतः भारतको ५ वटा स्थानहरुमा नोभेम्बर २ देखि २१ सम्म आयोजित हुने भनिएको कार्यक्रममा अब अर्को वर्ष फेब्रुअरी १७ देखि मार्च ७ सम्म हुने गरी सरेको छ । जसको मूख्य कारण विश्वव्यापी महामारीको रूपमा देखा परेको कोभिड १९ हो ।

स्वास्थ्य संकटले अझै पनि कम हुने कुनै लक्षण देखाएको छैन र क्वालिफाइंग टूर्नामेन्टहरू अफ्रिका, उत्तर र मध्य अमेरिका र दक्षिण अमेरिकामा आयोजित हुन नसक्दा पनि यो प्रतियोगिता फेरि स्थगित हुने उच्च सम्भावना छ ।


यो टुर्नामेन्टको सुरुवात सन् २००८ मा भएको थियो । हालको च्याम्पियन स्पेन हो जसले २०१८ मा उरुग्वेमा भएको खेलमा पहिलो उपाधि जित्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *