Monday, March 1News That Matters

युट्यूबको भिडियो हेरेर लुटियो दुइवटा बैंकहरु भारतमा

आधुनिक जीवनशैलीमा सामाजिक संजालहरु फेसबुक एवम् यूटुबको ठूलो महत्व रहेको छ । यसैको सकारात्मक प्रयोग गरि धेरैले जीवन सफल बनाएका छन् । तर केही समूह भने यसको दूरुपयोगमा लागेका छन् ।

यस्तै घटना घट्यो भारतको ओडिशामा । दुइ युवाहरुले ओडिशा राज्यका द ओभरसिज बैैंक र बैंक अफ इन्डीया नाम गरेका दुइवटा बैंकहरुबाट भारतिय १२ लाख लुटेर लगेका छन् । अचम्मको कुरा ती बैंकहरु लुट्न खेलौना बन्दूकको प्रयोग गरिएको थियो । दुबै लटेराहरुलाई प्रहरीले समात्न सफल भयो ।

लकडाउनका कारण आफ्नो व्यवसाय धरासायी भएको एवम कर्जा तिर्न नसकेको कारण लूटने काममा लागेको उनीहरुले बताए । दुबै लटेराहरुको ती बैंकहरुमा खाता थिए । युट्यूबको भिडियो हेरेर योजना बनाएको उनीहरुले स्वीकारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *