
कुर्था-जनकपुर-जयनगर रेल सेवा सञ्चालनका लागि करारमा कर्मचारीहरु भर्ना गर्न पहिला नै विज्ञापन गरिसकेको पदमा अब पुन विज्ञापन गरी स्थायी कर्मचारी माग गरिने भएको छ ।
करारमा कर्मचारी राख्दा ६ महिना पछि सेवा प्रभावित हुने भएकाले स्थायी कर्मचारीहरु राखिन लागिएको हो । यो प्रक्रियाले रेल्वे सेवालाई स्थापित गर्न मद्दत पुर्याउनेछ ।
नेपाल रेल्वे कम्पनीले स्टेसन मास्टर, टिटी, क्यासियर, गार्ड, प्रशासन, लेखा लगायतका २९ वटा पदमा १२९ जना स्थायी कर्मचारी भर्ना गर्नका लागि पुन दरखास्त आह्वान गर्ने भएको छ । पहिला नै आवेदन दिइसकेकाहरुलाई पनि समेटेर परीक्षा सञ्चालन हुने भएको छ । परीक्षा लोेक सेवा आयोगले सञ्चालन गर्नेछ ।