Monday, March 1News That Matters

विद्यालय खुलेपछि २६२ जना विद्यार्थी र १६० जना शिक्षकमा कोरोना पोजेटिभ

भारतको आन्ध्र प्रदेशमा विद्यालयहरु खुलेपछि गरिएको कोभिड टेस्टमा २६२ जना विद्यार्थी र १६० जना शिक्षकमा कोरोना पोजेटिभ देखिएको छ ।

कक्षा ९ र १० का विद्यार्थीहरुका लागि विद्याल खोलिएपछि टेस्ट गरिएको थियो । सुरक्षाका सबै मापदण्डहरु प्रयोग गरी आन्ध्र प्रदेशमा मंगलबार देखि विद्याहरु खोलिएका छन् ।

विद्यार्थीहरुको तुलनामा यो नतिजा सामान्य रहेको प्रशासनले जनाएको छ । आन्ध्र प्रदेशमा ९ लाख ७५ हजार विद्यार्थीहरु कक्षा ९ र १० मा अध्ययनरत छन् जसमध्ये ३ लाख ९३ हजार विद्यार्थीहरु विद्यालयहरु खुलेपछि अध्ययन गर्न आएका थिए । ती अध्ययन गर्न आएका विद्यार्थीहरुको कोरोना परीक्षण गरीएको थियो । आन्ध्र प्रदेशका १ लाख ११ हजार शिक्षकहरु मध्ये १६० जनाको नतिजा पोजेटिभ आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *