Monday, March 1News That Matters

विर्तामोड नगरपालिकाको ७,८ र ९ वडा कार्यालयको सेवा केही दिनका लागि अवरुद्ध

Image https://www.cleanpng.com/

विर्तामोड नगरपालिकाको गरामनीमा रहेको ७,८ र ९ वडा कार्यालयहरुको सेवा असोज २८ गतेसम्मका लागि बन्द गरिएको छ ।

कोरोना भाइरसबाट संक्रमित व्यक्तिको परिवार वडाबाट प्रदान गर्दै आएको राष्ट्रिय परिचयपत्रको सेवा लिन आएको जानकारी प्राप्त भएपछि संयुक्त रुपमा रहेका ती वडा कार्यालयहरु बन्द गरिएको छ ।

संक्रमित व्यक्तिको परिवारका सदस्यहरुको पीसिआर टेष्ट गरिसकिएको तर रिर्पोट आइनसकेको अवस्थामा ती व्यक्तिहरु वडाकार्यालयहरुमा आइतबार सेवा लिन आएका थिए ।

सोमबारबाट वडा कार्यालयहरुबाट प्रदान गर्ने सेवा अवरुद्ध रहेको जानकारी वडा ८ र ९ का सचिव सुवास शंकरले जानकारी दिए । संक्रमित व्यक्तिको परिवारका सदस्यहरुको रिर्पोटका आधारमा थप निर्णयहरु हुने जानकारी प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *