Tuesday, April 13News That Matters

वृष्टिले पाइन एनएमसी बालबचतकर्ता पुरुस्कार

झापा

पुरुस्कार प्रदान गर्दै खुदुनाबारी शाखा प्रमुख

श्री जनता माध्यमिक बिद्यालय, अर्जुनधारा ३ मा अध्ययनरत छात्रा एवम् एनएमसी बालबचतकर्ता वृिष्ट भट्टराईले नगद रु ५ हजार पाएकी छिन ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, खुदुनाबारी शाखाले उनलाई बर्ष २०७६ मा श्री जनता माध्यमिक बिद्यालयका विद्यार्थीहरुमध्ये उत्कृष्ट नतिजा ४ जिपीए ल्याएवापत एवम् बालबचतकर्ता भएकाले सो पुरुस्कार प्रदान गरेको हो ।

यो पुरस्कार हरेक वर्ष एनएमसी सहकारी रहेका सबै स्थानका वालबचत कर्ताहरुले पाउछन् । पुरस्कार प्राप्त गर्न विद्यार्थी विद्यालय प्रथम हुनुको साथै बाल बचत कर्ता पनि हुन आवश्यक रहेको जानकारी खुदुनावारी शाखाका शाखा प्रमुख मानव बहादुर बुढाथोकीले जानकारी दिए । उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको सिफारिस विद्यालयले दिए पछि यो पुरस्कार वितरण गरिने उनले जानकारी दिए ।


हरेक वर्ष यो पुरस्कार विद्यालयमै गएर प्रदान गर्दै आएकोमा यस वर्ष कोरोनो भाइरसको महामारीका कारण घरमै गएर प्रदान गरेको शाखा प्रमुखले जानकारी दिए ।


संस्थागत एवम् सामुदायिक विद्यालयका हरेक वर्ष विद्यालय प्रथम हुने विद्यार्थीहरुलाई यो पुरस्कार प्रदान गरिदै आएको छ । यस वर्ष धेरै विद्यालयहरुमा परीक्षा नभएका कारणले सबै विद्यालयका विद्यार्थीहरु समेट्न नसकेको उनले जानकारी दिए ।

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *