Thursday, February 25News That Matters

१० सेकेण्ड कौन बनेगा करोडपतिमा कम्प्युटर अडकीए पछि

Image https://www.cleanpng.com/

कौन बनेगा करोडपति प्रसिद्ध भारतीय रियालिटि सो हो । चर्चित बलिउड अभिनेता अमिताभ बच्चनले यो कार्यक्रम संञ्चालन गर्दछन् । हाल यो कार्यक्रमको १२ औ श्रृङ्खला चल्दैछ ।

यो रियालिटि सो को इतिहासमा पहिलो चोटी कम्प्युटर रोकिएको छ । करिब १० सेकेण्ड कम्प्युटरले काम गरेन ।

यो घटनाबाट अभिनेता एवम् सहभागी छक्क परे । जब बिहारका सहभागीले १२ लाख रकम लिएर कार्यक्रम छोडे तब पालो आयो मुम्बईका उद्यमी स्वप्निल चौहानको । बच्चनले उनलाई स्वागत गरे कार्यक्रममा र पहिलो प्रश्न सोधे ।

दोस्रो प्रश्न सोध्नका लागि जब उनले कम्प्युटर स्क्रीन हेरे र दुइ हजारको लागि प्रश्न भने तर प्रश्न भने स्क्रीनमा देखा परेन र स्क्रीन अडकीयो । दुबै सहभागी र प्रस्तोता छक्क परे । करिब १० सेकेण्ड पछि कसैको सहयोग बिना नै कम्प्युटर आफै सञ्चालन भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *