Monday, March 1News That Matters

Breaking News

भौतिक दुरी कायम गर्दै कक्षा १२ को परीक्षा आजबाट सुरु

भौतिक दुरी कायम गर्दै कक्षा १२ को परीक्षा आजबाट सुरु

Breaking News, मुख्य समाचार
https://youtu.be/Sd4_m7phQKo भौतिक दुरी कायम गर्दै कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरुले परीक्षा दिदै छन । सवै परीक्षार्थीहरुले आ आफ्नो विद्यालयबाट आजदेखि परीक्षा दिदै छन । परीक्षा ४० अंकको मात्र हुनेछ । बाकी ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने भएको छ। ...
कुकुर तिहारमा मात्र होइन सधै सेवा दिने युवाहरु

कुकुर तिहारमा मात्र होइन सधै सेवा दिने युवाहरु

Breaking News, समाज
विर्तामोड, झापा तिहारको दोस्रो दिन हो कुकुर तिहार । घरमा पालेका कुकुरहरुलाई पुजा गर्नु सामान्य हो । घरमा कुकुर नपालेका हरुले समुदायका कुकुरहरुलाई पुजा गर्ने गर्दछन् । तर समाजमा यस्ता युवाहरु छन् जो समुदायका कुकुरहरुको सेवा गर्न कुकुर तिहार नै पर्खदैनन् । सेवा नै धर्म हो भन्ने मूल नारा लिएका यी युवाहरुले कुकुर तिहारको दिन झनै विशेष सेवा दिए सडकका कुकुरहरुलाई । रोट्राक क्लब, विर्तामोड सँग सहकार्य गरि पज सोसाइटीले सडकका कुकुरहरुलाई खाना मात्र खुवाएनन उपचार पनि गरे । यसका साथै करिब १०० भन्दा बढी कुकुरहरुको घाटीमा दुर्घटना न्यूनिकरण गर्ने रिफ्ल्याकटिभ बेल्ट पनि लगाइदिए । शनिश्चरे रोड, बसपार्क, कृषिथोक, भद्रपुर रोड क्षेत्रका करिब ३५० भन्दा बढी कुकुरहरुको सेवामा विहान ६ बजे देखि ११ बजेसम्म निरन्तर लागे माथिका संस्थाहरु । पज सोसाइटीबाट सकुन तुम्रोक, मनु राजवंशी, सुक...
भूतपूर्व विद्यार्थीले दिए विद्यालयलाई ४०१ किताब

भूतपूर्व विद्यार्थीले दिए विद्यालयलाई ४०१ किताब

Breaking News, स्थानिय निकाय
अर्जुनधारा, झापा शनिश्चरे मावि, अर्जुनधाराका उच्च माविका ब्याच ०६१/६२ ले सो विद्यालयलाई ४०१ किताबहरु प्रदान गरेका छन् । शैक्षिक सत्र २०६१/६२ मा उच्च मावि तहमा शनिश्चरे मावि अध्ययन गर्ने विद्यार्थीहरुले तिहारको शुभ अवसर पारेर एक कार्यक्रम विच ती पुस्तकहरु विद्यालयलाई हस्तान्तरण गरेको छ । पुस्तक हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चेतामणि खनाल अध्यक्ष रहे भने सो कार्यक्रम संचालन सो ब्याचका विद्यार्थी एवम् विद्यालयका हालका माध्यमिक शिक्षक रुद्र खतिवडाले गरे । अर्जुनधारा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव तोयनाथ रेग्मी प्रमूख अतिथि रहेको सो कार्यक्रमका अतिथिहरुमा सो माविका विव्यस अध्यक्ष युवराज नेपाल, शिक्षक अभिभावक संघका अध्यक्ष मोहन पौडेली, अर्जुनधारा शिक्षक महासंघका अध्यक्ष पुण्य सुवेदी,अर्जुनधारा प्रेस क्लबका अध्यक्ष कुमार भट्टराई लगायतका रह...
मंसिर २ गते देशभर सार्वजनिक विदा: किजा पुजा

मंसिर २ गते देशभर सार्वजनिक विदा: किजा पुजा

Breaking News, समाज
Image wikipedia नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७७/७/२४ गतेको निणर्य अनुसार किजा पुजाको अवसरमा मंसिर २ गते मंगलबारका दिन नेपालभर सार्वजनिक विदा दिने निणर्य गरेको छ । नेपाल भरिका सबै सरकारी कार्यलय, सार्वजनिक निकाय, संघ संस्था, शिक्षण संस्था सो दिन बन्द रहनेछन् । नेवार समुदायको भाइटिकाको रुपमा प्रचलित रहेको किजा पुजामा नेवारी समुदायको महान चाडपर्वहरुमा पर्दछ । स्वन्ती पर्वको पाचाै‌ दिन किजा पुजा गर्ने चलन नेवार समुदायमा रहेको छ । यसलाई नेवारी समुदायको दिपावली वा तिहारको रुपमा चिनिने गरिन्छ । ...
२०७७ सालकाे भाइटिकाको साइत सार्वजनिक

२०७७ सालकाे भाइटिकाको साइत सार्वजनिक

Breaking News, मुख्य समाचार
नेपाल पञ्चाङ्ग निर्णायक समितिले २०७७ सालको भाइटिकाको उत्तम साइत मंसिर १ गते ११ बजेर ३७ मिनेटमा रहेको जानकारी गराएको छ ।
विद्यालय खुलेपछि २६२ जना विद्यार्थी र १६० जना शिक्षकमा कोरोना पोजेटिभ

विद्यालय खुलेपछि २६२ जना विद्यार्थी र १६० जना शिक्षकमा कोरोना पोजेटिभ

Breaking News, विश्व जगत
भारतको आन्ध्र प्रदेशमा विद्यालयहरु खुलेपछि गरिएको कोभिड टेस्टमा २६२ जना विद्यार्थी र १६० जना शिक्षकमा कोरोना पोजेटिभ देखिएको छ । कक्षा ९ र १० का विद्यार्थीहरुका लागि विद्याल खोलिएपछि टेस्ट गरिएको थियो । सुरक्षाका सबै मापदण्डहरु प्रयोग गरी आन्ध्र प्रदेशमा मंगलबार देखि विद्याहरु खोलिएका छन् । विद्यार्थीहरुको तुलनामा यो नतिजा सामान्य रहेको प्रशासनले जनाएको छ । आन्ध्र प्रदेशमा ९ लाख ७५ हजार विद्यार्थीहरु कक्षा ९ र १० मा अध्ययनरत छन् जसमध्ये ३ लाख ९३ हजार विद्यार्थीहरु विद्यालयहरु खुलेपछि अध्ययन गर्न आएका थिए । ती अध्ययन गर्न आएका विद्यार्थीहरुको कोरोना परीक्षण गरीएको थियो । आन्ध्र प्रदेशका १ लाख ११ हजार शिक्षकहरु मध्ये १६० जनाको नतिजा पोजेटिभ आएको थियो । ...
भारतले कोभिड १९ विरुद्धको खोप फेब्रुरअरीमा ल्याउदै

भारतले कोभिड १९ विरुद्धको खोप फेब्रुरअरीमा ल्याउदै

Breaking News, विश्व जगत
भारत सरकारले कोभिड १९ विरुद्धको खोप फेब्रुरअरीमा ल्याउने तयारीलाई तिव्र बनाएको छ । हाल अन्तिम चरणको परीक्षणहरू जारी छन् । सुरक्षित र प्रभावकारी खोप ल्याउन लागेको भारत बायोटेकले जनाएको छ । हालसम्म भारतमा ८४ लाख भन्दा बढी मानिसहरु कोरोना भाइरसबाट संक्रमित भैसकेका छन् भने १ लाख २५ हजारभन्दा बढी मानिसहरुको मृत्यु भैसकेको छ । ...
कक्षा ११ को नयाँ पाठ्यक्रम लागू  नर्गन सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश

कक्षा ११ को नयाँ पाठ्यक्रम लागू नर्गन सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश

Breaking News, मुख्य समाचार
शैक्षिक सत्र २०७७÷७८ बाट लागु भनी निर्धारण भएको नयाँ पाठ्यक्रम लागू नर्गन सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश बिहिबार जारी गरेको छ । नयाँ पाठ्यपुस्तक बजारमा आइसकेको एवम् धेरै विद्यालयहरुमा पठन पाठन सञ्चालन भइ रहेको अवस्थामा यो आदेश जारी भएको छ । सर्वोच्च अदालतले राष्ट्रिय विद्यालय पाठ्यक्रम ड्राफ्ट २०७६ लागू नगर्न छोटो अवधिको अन्तरिम आदेश जारी गरेको छ । यो आदेश सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीले जारी गरेका थिए ।आदेशको साथ, कक्षा ११ को लागि हाल नयाँ पाठ्यक्रम लागु हुने छैन । भगवत अर्यालले लगाईएको रिटमा भएको बहसपछि सर्वोच्च अदालतले विपक्षी पाठ्यक्रम विकास केन्द्र, सानोथीमीलाई आउँदो १५ दिन भित्र उपयुक्त कारणसहितको लिखित जवाफ पेश गर्न आदेश दिएको छ । ...
अन्तुमा पर्यटकहरु बढे

अन्तुमा पर्यटकहरु बढे

Breaking News, समाज
दिनप्रतिदिन कोरोना महामाारी बढ्दो रुपमा फैलिरहेको समयमा पनि आन्तरिक पर्यटकहरु घुम्नमा व्यस्त छन् । नेपाल सरकारले लकडाउन खुलाए सगै पर्यटकहरु देशका विभिन्न स्थानहरु घुम्ने क्रम बढ्दो छ । लकडाउनका कारण सुस्ताएको पर्यटन व्यवसाय विस्तारै अघि बढ्दै छ । इलाम जिल्लामा रहेको पर्यटकीय स्थल अन्तु हेर्न जाने पर्यटकहरुको संख्या गत हप्ताबाट ह्वात्तै बढेको छ । अहिले दैनिक करिब १५००—२००० जति पर्यटकहरु अन्तुमा सूर्योदयको रोमाञ्चक दृश्य हेर्न आउने गरेको बताउछिन स्थानिय होमस्टे संचालक रेनुका घिमिरे । आफुले संचालन गरेको होमस्टे खचाखच भरिएको एवम् अन्य होमस्टेहरुमा पनि उस्तै भिड रहेको बताउछिन उनी । जोखिमपूर्ण परिस्थीतिमा सूरक्षित तवरले सेवा प्रदान गरिरहेको उनी बताउछिन । अन्तुमा पर्यटकहरु चिसो मौसमको मजा लिनुका साथै सूर्योदय सगै चियाबारीको मनोरम दृश्यहरु हेर्न पर्यटकहरु आउने गर्दछन् । ...
राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अपरेटर पदमा रोजगारीको सूवर्ण अवसर । कक्षा १२ पासले निवेदन दिन सक्ने

राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अपरेटर पदमा रोजगारीको सूवर्ण अवसर । कक्षा १२ पासले निवेदन दिन सक्ने

Breaking News, मुख्य समाचार