
विश्वकै अग्लो स्वीङ र विश्वकै दोस्रो अग्लो बन्जीजम्प अब नेपालमा
विश्वकै अग्लो स्वीङ नेपालमा संचालन हुदै छ । विश्वको अग्लो बन्जी जम्प मकाउमा रहेको छ । दोस्रो भने स्वीट्जरल्याण्डमा रहेकोमा अब नेपालमा संचालन हुने भएको छ ।
७४८ फिटको उचाइमा कालीगण्डकी नदीमा बनेको यो बन्जी जम्प द क्लिफ प्रालिले भोली बाट यो सेवा सुरु गर्दैछ । पर्वत र कुस्मा जोड्ने झोलुंगे पुल माथि यो सेवा संचालन हुदै छ । यो झोलुङ्गे पुलको लम्बाई ५२५ मिटर रहेको छ । मकाउको बन्जी जम्पको उचाइ ७६४ फिट छ भने स्वीट्जरल्याण्डमा रहेको बन्जी जम्पको उचाइ ७२० फिट छ ।
...