Monday, March 1News That Matters

स्वास्थ्य

झापामा कोरोना संक्रमणबाट मृत्यु  २३ पुग्यो

झापामा कोरोना संक्रमणबाट मृत्यु २३ पुग्यो

Breaking News, स्वास्थ्य
झापामा कोरोना संक्रमणबाट शनिवार २ जनाको मृत्यु भए सगै झापामा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । दमकका एक ५२ वर्षीय पुरुषको र गौरादह नगरपालकिाका ३६ वर्षीय युवाको शनिवार कोरोना भाइरसका कारण मृत्यु भएको थियो । दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । हालसम्म झापामा कोरोना संक्रमीतको संख्या १७३० पुगेको छ जसमध्ये १०९० जनाले कोरोनाबाट विजय प्राप्त गरिसेका छन् । ...
विश्वको सबैभन्दा बढी प्रदुषित देशहरुको सूचिमा नेपाल दोस्रो

विश्वको सबैभन्दा बढी प्रदुषित देशहरुको सूचिमा नेपाल दोस्रो

Breaking News, स्वास्थ्य
विश्वमा मानिसहरुको चाडै मृत्यु हुनुको चौथो कारणमा वातावरण प्रदुषण पर्दछ । पहिलोमा उच्च रक्तचाप दोस्रोमा सुर्तिजन्य पदार्थ र तेस्रोमा न्यून पोषण रहेको छ । विश्वको सबैभन्दा बढी प्रदुषित देशहरुको सूचिमा नेपाल दोस्रो नम्बरमा रहेको छ । पहिलो नम्बरमा भारत रहेको छ । द स्टेट अफ ग्लोबल रिर्पोट २०२० ले सन् २०१९ को विश्वभरको वातावरण प्रदुषणको स्तर मापन गरेको थियो । एसिया, अफ्रीका र मध्य पूर्वी क्षेत्रहरुमा विश्वका अन्य क्षेत्रहरुको तुलनामा बढी वातारण प्रदुषण रहेको सो अध्ययनले देखाएको छ । वातावरण प्रदुषण मापन गर्ने पी एम लेभल २.५ अनुसार नेपालको ८३.१ मापन गरिएको छ । भारतको पीएम लेभल २.५ ८३.२ रहेको छ । न्यून लेभलको पीएम २.५ हुने देशहरुमा अष्ट्रेलीया, ब्रुनाइ, न्युजिल्याण्ड लगायतका देशहरु रहेका छन् । पीएम २.५ भन्दा कम मोटो कणहरू सबैभन्दा खतरनाक प्रदूषकहरू हुन् जुन फोक्सो र रगत प्रवाहमा प...
मोरङ्गमा कोरोना संक्रमण प्रदेश १ कै उच्च—झापा तेस्रो नम्बरमा

मोरङ्गमा कोरोना संक्रमण प्रदेश १ कै उच्च—झापा तेस्रो नम्बरमा

Breaking News, स्वास्थ्य
हालसम्मको तथ्यांक हेर्दा प्रदेश १ मा सबैभन्दा बढी कोरोना संक्रमित जिल्लामा मोरङ्ग रहेको छ । दोस्रोमा सुनसरी र तेस्रोमा झापा रहेको छ । सोमबारसम्मको तथ्यांकमा मोरङ्गमा हालसम्म कोरोना संक्रमितको संख्या ६४३६ पुगेको छ । त्यैगरी सुनसरीमा हालसम्म संक्रमितको संख्या ४३३४ पुगेको छ । झापामा भने हालसम्म संक्रमितको संख्या १४३४ पुगेको छ । संक्रमणको दर न्यून रहेको जिल्लामा सोलुखुम्बु रहेको छ प्रदेश नं.१ मा । ...
अभिभावकमा कोरोना देखिएपछि विद्यालयकाे पठनपाठन बन्द

अभिभावकमा कोरोना देखिएपछि विद्यालयकाे पठनपाठन बन्द

Breaking News, मुख्य समाचार, स्थानिय निकाय, स्वास्थ्य
बाबु आले मगर बि.जी, धादिङ्ग ज्वालामुखी गाउपालिका वडा नं .५ मा रहेको श्री धुसेनी आधारभूत विद्यालया धादिङ्ग जिल्लामा रहेका ज्वालामुखी गाउपालिका वडा नं .५ मा रहेको श्री धुसेनी आधारभूत विद्यालया अध्ययनरत विद्यार्थीको अभिभावकलाई कोरोना संक्रमण पुष्टि भएपछि विद्यालयकाे पठनपाठन बन्द गरिएको छ । ती अभिभावकको सम्पर्कमा आएका परिवारका सदस्य एवम् अन्य व्यक्तिहरुको स्वाब संकलन गरि पि सि आर परीक्षण को काम अगाडी बढाईएको छ । हाललाइ ११ जनाकाे स्वाव स‌कलन गरि पठाइएकाे छ । रिपोर्ट आईनसकेको कारण असाेज १९ र २० गते दुइ दिन विद्यालय बन्द रहने जानकारी सोही विद्यालयका शिक्षक राजेन्द्र मगरले जानकारी दिए । संक्रमित स्थानीय व्यक्तिले केही दिन अघि काठमाडौंमा पिसिआर परीक्षण गरेका थिए । ...
पड्किन सक्छ स्मार्टफोनको व्याट्री -यी कुराहरुबाट सावधान !

पड्किन सक्छ स्मार्टफोनको व्याट्री -यी कुराहरुबाट सावधान !

Breaking News, ट्रेंडिंग, स्वास्थ्य
"हामी प्राय राती सुत्ने बेलामा मोबाइल चार्ज गरी सुत्छौ र विहान चार्ज फुल भएको देखेर खुसी हुन्छौ तर तपाइको मोबाइलको ब्याट्री भने खृुसी भएको हुदैन ।" स्मार्टफोनलाई “मोबाइल फोन“ को रूपमा पनि चिनिन्छ । मोबाइल फोन हाम्रो दैनिक काम र अध्ययन को लागी एक महत्वपूर्ण उपकरण हो । धेरै गेम खेल्दा एवम् लगातार प्रयोग गर्दा मोबाइल छिट्टै तात्छ जसबाट विस्तारै धेरै समस्याहरु आउछन् मोबाइलमा । स्मार्टफोन प्रयोगकर्ताहरुले ब्याट्रीहरूको सुरक्षामा ध्यान दिनु आवश्यक छ जसले ठूलो दुर्घटनाबाट जोगाउनुका साथै मोबाइलको आयु पनि बढाउछ । स्मार्टफोनको ब्याट्रीबाट केही तरल पदार्थ बाहिर निस्केको देख्दछौ भने बुझ्नु जरुरी छ की यसमा समस्या छ भनेर । यसले ब्याट्रीको स्वास्थ्यलाई पनि औंल्याउँछ । हामीले केवल यी संकेतहरूलाई बेवास्ता गर्नु हुँदैन, हामी विस्फोटबाट बच्न सावधान हुनुपर्छ । धेरै जसो स्मार्टफोनले लिथियम ब्...
दैलेखको गुरास गाऊँ पालिकाको कार्यालय शिल गरियो

दैलेखको गुरास गाऊँ पालिकाको कार्यालय शिल गरियो

Breaking News, स्थानिय निकाय, स्वास्थ्य
दैलेखको रानीमत्तामा रहेको गुरास गाऊँ पालिकाको कार्यालय शिल गरिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस को संक्रमण दिन प्रतिदिन बढीरहेको सन्दर्भमा गाउँ पालिकाका केही कर्मचारीहरुमा कोरोना पोजिटिभ देखिएपछि पालिका शिल गरिएको हो । पालिकाले मिति २०७७ असोज १५ गते निणर्य गर्दै असोज १६ गते देखि असोज २२ गते सम्म एक हप्ताका लागि कार्यालयबाट बन्द गरेको सूचना प्रकाशन गरेको छ । कार्यालयबाट सम्पादन हुने सबै प्रकारका सेवा प्रवाहका कामहरु रोकी गाउँ कार्यपालिकाको कार्यालय सिल गरिएको जानकारी प्राप्त भएको छ । ...
इटहरीलाइ जंगल भित्रको शहरकाे रुपमा परिचित गर्न युवाहरु जागे

इटहरीलाइ जंगल भित्रको शहरकाे रुपमा परिचित गर्न युवाहरु जागे

Breaking News, स्थानिय निकाय, स्वास्थ्य
इटहरी बढ्दो शहरीकरण सगै बनविनाश पनि बढ्दो छ । नया संरचनाहरु निर्माणको क्रममा ठूला देखि साना सबै किसिमका वोटविरुवाहरु मासिने क्रम विश्वव्यापि छ । भौतिक पूर्वाधारहरु सडक, भवन निर्माणका क्रममा रुखहरु मासिदा वातावरणमा यसले नकारात्मक असर पैदा गर्दै पर्यावरण संतुलनमा समेत जटीलता थपेको छ । विभिन्न अवसरहरुमा रोपिएका विरुवाहरुको उचित स्याहार नहुदा विरुवाहरु नाश भएर जान्छन र औपचारिकतामा मात्र सिमित रहन्छ वृक्षारोपण कार्यक्रम । यसै सन्दर्भमा इटहरी उपमहानगरपालिकाका कर्मचारी, जनप्रतिनिधि, व्यवसायी, अध्यापक, युवा विद्यार्थी नेता, गृहणी, नगरवासी लगायतका समूह मिली इटहरीलार्ई जंगल भित्रको शहरर्को रपमा परिचित गर्न जुटेका छन् युवाहरु । इटहरी उपमहानगरपालिकाका कर्मचारी सुरेश कार्कीको परिकल्पनामा सुपर समृद्धि—ग्रिनमेन गोल्डमेन अभियान भन्ने अभियानको थालनी गरी हप्ताको एक दिन शनिवार नगरका विभ...
भारतको महाराष्ट्रमा  चुरोटकाे खील्ली बिक्रीमा प्रतिबन्ध

भारतको महाराष्ट्रमा चुरोटकाे खील्ली बिक्रीमा प्रतिबन्ध

Breaking News, विश्व जगत, स्वास्थ्य
Image Source Design vector created by freepik - www.freepik.com भारतका विभिन्न राज्यहरुमा गुट्खा विक्रिमा प्रतिवन्ध लगाएको केही वर्ष पछि भारतको महाराष्ट्रमा चुरोट तथा बिडीको खिल्ली बिक्रीमा सरकारले प्रतिबन्ध लगाएको छ । राज्य सार्वजनिक स्वास्थ्य विभागले विहिबार प्रतिबन्धको सूचना जारी गरेको थियो । बिहिबारबाट प्याकेटमात्र बेच्ने व्यवस्था गरिएको छ । सिगरेटहरू बिना प्याकेटमा बेचिने कारणले गर्दा हातहरुबाट संक्रमण फैलने साथै धूम्रपानका हानिहरू सम्बन्धी शिक्षा दिनको लागि यो कदम चालेको जनाइएको छ । धूम्रपानका कारण भारतमा हरेक वर्ष दश लाख मानिसहरु मर्ने गर्छन । धुम्रपानले क्यान्सर लगायतका समस्याहरु निम्त्याउछ । महाराष्ट्र राज्यका मानिसहरुको धूम्रपान दर भारतका अन्य राज्यहरुको तुलनामा कम छ । ...
कमल गाउँपालिकामा बन्यो ५ बेडको अस्थाइ कोभिड अस्पताल

कमल गाउँपालिकामा बन्यो ५ बेडको अस्थाइ कोभिड अस्पताल

Breaking News, समाज, स्थानिय निकाय, स्वास्थ्य
प्रदेश नं.१ का माननीय मन्त्री श्री हिक्मत कार्की बाट ५ बेडको अस्थाइ कोभिड अस्पतालको कमल गाउँपालिकामा सोमबार उद्घाटन भएको छ । कमल गाउँपालिकाले निर्माण गरेको यस अस्पतालमा सोहि दिनबाट क्वारेन्टाइन र आइसोलेसन संचालनमा आएको छ । असोज ११ गते सम्ममा ११२५ जनाको पिसिआर टेस्ट गरिएको छ भने पोजिटिभ संख्या ५० रहेको छ । ४८ जना निको भैसकेका ,१ जनाको उपचार जारी रहेकाे र १ जनाको मृत्यु भएको छ । ...
विश्व रेविज दिवसको अवसरमा विर्तामोड नगरपालिकाद्धारा निःशुल्क रेबिज बिरुद्धको खोप कार्यक्रम

विश्व रेविज दिवसको अवसरमा विर्तामोड नगरपालिकाद्धारा निःशुल्क रेबिज बिरुद्धको खोप कार्यक्रम

विश्व जगत, समाज, स्थानिय निकाय, स्वास्थ्य
विश्व रेविज दिवसको अवसर पारेर विर्तामोड नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखाले यहि मिति २०७७ असोज १२ देखि १८ गतेसम्म निःशुल्क रेबिज बिरुद्धको खोप लगाउने कार्यक्रम आयोजना गरेको छ । सबैले आ—आफ्नो घर तथा समुदायमा रहेका सामुदायिक कुकुर र बिरालोहरू पशुपन्छी तथा मत्स्य विकास शाखामा ल्याई खोप लगाउनुहुन आम नगरवासीहरूमा अनुरोध गरेको छ । रेबिज एउटा भाइरस हो, यसलाई न्यूरोट्रोपीक भाइरस भनिन्छ । यस वर्षको विश्व रेबिज दिवसको नारा 'End Rabbies: Collaborate and Vaccinate' रहेको छ । यसै नारामा ऐक्यवद्धता जनाउदै नगरले यो निशुल्क खोप कार्यक्रमको आयोजना हरेक वर्ष झै गर्दैै आएको छ । विश्व रेबीज दिवस रेबीज रोकथामको लागि कार्य र जागरूकताको पहिलो र एक मात्र विश्वव्यापी दिन हो । यो समुदायको रूपमा एकजुट हुने अवसर हो । सेप्टेम्बर २८ विश्व रेविज विरुद्धको दिवश हो । यस वर्ष १४ औं दिवश विश...