Monday, March 1News That Matters

स्थानिय निकाय

भूतपूर्व विद्यार्थीले दिए विद्यालयलाई ४०१ किताब

भूतपूर्व विद्यार्थीले दिए विद्यालयलाई ४०१ किताब

Breaking News, स्थानिय निकाय
अर्जुनधारा, झापा शनिश्चरे मावि, अर्जुनधाराका उच्च माविका ब्याच ०६१/६२ ले सो विद्यालयलाई ४०१ किताबहरु प्रदान गरेका छन् । शैक्षिक सत्र २०६१/६२ मा उच्च मावि तहमा शनिश्चरे मावि अध्ययन गर्ने विद्यार्थीहरुले तिहारको शुभ अवसर पारेर एक कार्यक्रम विच ती पुस्तकहरु विद्यालयलाई हस्तान्तरण गरेको छ । पुस्तक हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चेतामणि खनाल अध्यक्ष रहे भने सो कार्यक्रम संचालन सो ब्याचका विद्यार्थी एवम् विद्यालयका हालका माध्यमिक शिक्षक रुद्र खतिवडाले गरे । अर्जुनधारा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव तोयनाथ रेग्मी प्रमूख अतिथि रहेको सो कार्यक्रमका अतिथिहरुमा सो माविका विव्यस अध्यक्ष युवराज नेपाल, शिक्षक अभिभावक संघका अध्यक्ष मोहन पौडेली, अर्जुनधारा शिक्षक महासंघका अध्यक्ष पुण्य सुवेदी,अर्जुनधारा प्रेस क्लबका अध्यक्ष कुमार भट्टराई लगायतका रह...
पर्यटकलाई स्वागत गर्न तयार छ कालीखोला सिमसार क्षेत्र

पर्यटकलाई स्वागत गर्न तयार छ कालीखोला सिमसार क्षेत्र

Breaking News, स्थानिय निकाय
झापा,अर्जुनधारा भिडीयाे सहित https://www.facebook.com/pardarshitaonline/videos/846807886132918 झापा पर्यटकीय क्षेत्रका लागि प्रसिद्ध जिल्ला हो । पूर्वी सिमाना काकडभिट्टा देखि दमकसम्म फैलिएको यो जिल्ला पर्यटकीय नगरी भन्दा अतिसयोक्ति नहोला । अर्जुनधारा जलेश्वर धाम, नेपालकै होचो भूभाग केचना, ऐतिहासिक किच्चकबध, सालबारी सिमसार क्षेत्र, शहीद नेत्र घिमिरे पार्क, सुखानी पार्क जस्ता महत्वपूणर् पर्यटकीय क्षेत्रहरुले भरिएको क्षेत्र हो झापा । जैविक विविधताले भरिएको झापामा कृषि पर्यटनको पनि उक्तिकै संभावना रहेको छ । झापाको पर्यटकीय क्षेत्रमा आफ्नो बेग्लै पहिचान स्थापित गर्न अगाडी बढ्दै छ अर्जुनधारा नगरपालिका वडा नं. १ मा रहेको हलुवागढ कालिखोला सिमसार क्षेत्र । करिब २६४.४८ हेक्टर क्षेत्रफलमा फैलिएको हलुवागढ सामुदायिक वन क्षेत्रमा पर्ने यो पर्यटकीय सिमसार ४.७ हेक्टर...
कोरोनाको कहरका बीच लागेको अर्जुनधारको खसीहाट

कोरोनाको कहरका बीच लागेको अर्जुनधारको खसीहाट

Breaking News, समाज, स्थानिय निकाय
२०७७ कार्तिक १ गते लागेकाे खसीहाट भीडियो सहितअर्जुनधारा अर्जुनधारा नगरपालिकामा कोरोनाबाट संक्रमितको संख्या हालसम्म ३२ जना पुगेको छ । नगरपालिकाको अत्यावश्यक बाहेक सबै सेवा वन्द छ । तर झापाकै पुरानोबजारको रुपमा चिनिने शनिश्चरे खसीहाटमा यो शनिवार भिड उस्तै छ । दशै अगाडी लाग्ने अन्ति हाटको रुपमा यो शनिवारको हाट रहेको छ । शनिवार खसीहाटमा मानिसहरुको भिडभाड अव्यवस्थीत देखिन्थ्यो । दशैको लागि खसीबोका किन्नेहरुको ताती देखिन्थ्यो । कोरोना कहर बढ्दै गरेको परिस्थीतिमा पक्कै पनि यस्तो हाटबजारले सुरक्षा संवेदनमा असर गर्दछ । कोरोना महामारीका बीचमा आफ्नो सुरक्षामा आम नागरिकहरु नै आफै समयमै सचेत हुन जरुरी देखिन्छ । ...
शिक्षक तथा  कर्मचारीहरुमा कोरोना देखिए पछि पालिकाको सेवा प्रभावित

शिक्षक तथा कर्मचारीहरुमा कोरोना देखिए पछि पालिकाको सेवा प्रभावित

Breaking News, स्थानिय निकाय
धादिङ बाबु आले मगर बी जी धादिङ जिल्लाको नेत्रावती डबजोङ गाउँपालिकाको सेवा काेराेना भाइरसका कारण प्रभावित भएको छ । विश्वव्यापिरुपमा देखिएको कोरोना भाइरसबाट पालिका अन्तर्गकाको विद्यालका केही शिक्षक तथा कर्मचारीहरुमा कोरोना देखिए पछि अत्यावश्यक बाहेकका सेवाहरु अर्को सूचना प्रकाशित नहुन्जेल सम्मका लागि बन्द गरेको छ । गाउँपालिका अन्तर्गतका वडा कार्यालयहरु एवम् सम्पूर्ण विद्यालयहरु पनि अर्को सूचना प्रकाशित नहुन्जेल सम्मका लागि सेवा बन्द गरिएको छ । ...
कोरोनाका कारण धादिङ्गमा एक युवकको मृत्यु

कोरोनाका कारण धादिङ्गमा एक युवकको मृत्यु

Breaking News, स्थानिय निकाय
Image -https://www.cleanpng.com/ कोरोना भाइरसका कारण नेपालमा हालसम्म ६४५ जनाको मृत्यु भैसकेके तथ्यांक रहेको छ । सोमबार धादिङ्गका २२ वर्षिय युवकको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । धादिङ्गमा यसै घटना पश्चात हालसम्म ७ जनाको कोरोना भाइरसकै कारण मृत्यु भै सकेको छ । निलकण्ड नगरपालिकाका ती युवकमा कोरोना संक्रमण २२ गते पुष्टि भएको थियो । ...
विर्तामोड नगरपालिकाको ७,८ र ९ वडा कार्यालयको सेवा केही दिनका लागि अवरुद्ध

विर्तामोड नगरपालिकाको ७,८ र ९ वडा कार्यालयको सेवा केही दिनका लागि अवरुद्ध

Breaking News, स्थानिय निकाय
Image https://www.cleanpng.com/ विर्तामोड नगरपालिकाको गरामनीमा रहेको ७,८ र ९ वडा कार्यालयहरुको सेवा असोज २८ गतेसम्मका लागि बन्द गरिएको छ । कोरोना भाइरसबाट संक्रमित व्यक्तिको परिवार वडाबाट प्रदान गर्दै आएको राष्ट्रिय परिचयपत्रको सेवा लिन आएको जानकारी प्राप्त भएपछि संयुक्त रुपमा रहेका ती वडा कार्यालयहरु बन्द गरिएको छ । संक्रमित व्यक्तिको परिवारका सदस्यहरुको पीसिआर टेष्ट गरिसकिएको तर रिर्पोट आइनसकेको अवस्थामा ती व्यक्तिहरु वडाकार्यालयहरुमा आइतबार सेवा लिन आएका थिए । सोमबारबाट वडा कार्यालयहरुबाट प्रदान गर्ने सेवा अवरुद्ध रहेको जानकारी वडा ८ र ९ का सचिव सुवास शंकरले जानकारी दिए । संक्रमित व्यक्तिको परिवारका सदस्यहरुको रिर्पोटका आधारमा थप निर्णयहरु हुने जानकारी प्राप्त भएको छ । ...
परीक्षणको रिपोर्ट नआए सम्मका लागि उर्लाबारी नगरपालिका बन्द

परीक्षणको रिपोर्ट नआए सम्मका लागि उर्लाबारी नगरपालिका बन्द

Breaking News, स्थानिय निकाय
उर्लाबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालयले आइतबार सूचना जारी गरी केही दिनका लागि नगरपालिकाको सेवा बन्द गरेको छ । शनिवार आएको पीसिआर रिर्पोटमा नगरप्रमूख सहित ३ जनामा कोरोना भाइरस पुष्टि भए पश्चात अन्य करिब ४० जना कर्मचारीहरुको पिसिआर परीक्षण गरिएको छ । उर्लाबारी नगरपालिकाका कर्मचारीमा कोरोना भाईरस (कोभिड(१९) संक्रमण देखिएको र अन्य कर्मचारी तथा पदाधिकारीहरुको समेत कन्ट्रयाक्ट ट्रेसिङ्ग गरी नमूना परीक्षणको कार्य भएको हुँदा मिति २०७७ साल असोज २६ गते सोमबार देखि परीक्षणको रिपोर्ट प्राप्त नभएसम्मका लागि उर्लाबारी नगरकार्यपालिकाको कार्यालय र सबै वडा कार्यालयहरुबाट प्रदान गरिने सबै सेवाहरु बन्द गर्ने निणर्यको सूचना नगरपालिकाले जारी गरेको छ । ...
समुदाय स्तरमा कोरोना भाइरस संक्रमण फैलिन नदिन  उच्च सर्तकता

समुदाय स्तरमा कोरोना भाइरस संक्रमण फैलिन नदिन उच्च सर्तकता

Breaking News, स्थानिय निकाय
बाबु आले मगर बी जी, धादिङ्ग धादिङ्ग जिल्लामा रहेका ज्वालामुखी गाउपालिका वडा नं .५ मा समुदाय स्तरमा कोरोना भाइरस संक्रमण फैलिएको आशंकामा उच्च सतर्कता अपनाइएको छ । वडा कार्यालयले विहिबार सूचना जारी गर्दै वडाभित्रका क्षेत्रका सबै नागरिकहरुलाई सर्तक रही भिडभाड नर्गन आग्रह गरेको छ । ज्वालामुखी गाँउपालिका वडा न. ५ निवासी अन्दाजी ३७ वर्षको पुरुषमा कोराना पोजेटिभ देखिएपछि ती व्यक्तिसगँ सम्पर्कमा रहेका अन्य ११ व्यक्तिहरुको स्वाव परीक्षण गर्दा ४ जनामा कोरोना पोजेटीभ पुष्टी भएको हो । संक्रमितहरु ७५ र ३२ वर्षको २ महिला , ७ वर्षको १ बालिका र ११ वर्षको बालक गरी ४ जनालाई कोराना भाईरस पोजेटीभ पुष्टी भएको छ । आवश्यक सुरक्षा सतर्कता अपनाउन र नेपाल सरकारले तोकेको मापदण्ड अवलम्बन गर्न वडाले सबैलाई अनुरोध गरेको छ । समुदायस्तरमा फैलनबाट रोक्न कोही पनि घरबाट बाहिर अनावश्यक घुमफिर नगर्न ...
पर्यटकलाई आकर्षित गर्दै अर्जुनधाराको  विरिङ्ग डिएमसी झोलुङ्गे पुल

पर्यटकलाई आकर्षित गर्दै अर्जुनधाराको विरिङ्ग डिएमसी झोलुङ्गे पुल

Breaking News, मुख्य समाचार, स्थानिय निकाय
(भिडियो सहित)झापा Copyright Pardarshita.com अर्जुनधारा नगरपालिका वडा नं. ७, मिलडाँडा देखि दक्षिणमा आकर्षक झोलुङ्गे पुल निर्माण भएको छ । नेपाल सरकार संघीय मामिला र सामान्य प्रशासन मन्त्रालय, स्थानीय पूर्वाधार विभाग, झोलुंगे पुल महाशाखा मार्फत अर्जुनधारा वडा नं. ७ र ५ लाई जोड्ने गरि उक्त पुल निर्माण भएको हो । Copyright Pardarshita.com उक्त पुललाई विरिङ्ग डिएमसी झोलुङ्गे पुल नाम दिइएको छ । माननिय सांसद पवित्रा निरौला खरेल एवम् अर्जुनधारा नगरपालिकाको विशेष पहलमा यो पुल निर्माण भएको हो । Copyright Pardarshita.com करिब १ करोड २० लाख लागतमा बनेके उक्त झोलुंगे पुल ले अर्जुनधारा नगरपालिकाको वडा नं. ७ ५ र ४ लाई जोड्दै तीनै वडा वासीहरुलाई लाभान्वित गरेको छ । झोलुंगे पुल बन्नु अघि निकै कष्टकर यात्रा रहेको बताउछन् स्थानीयहरु । विरिङ्ग खोलाका कारण आवतजावतमा निकै कठिनाइ रहेको स...
वृष्टिले पाइन एनएमसी बालबचतकर्ता पुरुस्कार

वृष्टिले पाइन एनएमसी बालबचतकर्ता पुरुस्कार

Breaking News, स्थानिय निकाय
झापा पुरुस्कार प्रदान गर्दै खुदुनाबारी शाखा प्रमुख श्री जनता माध्यमिक बिद्यालय, अर्जुनधारा ३ मा अध्ययनरत छात्रा एवम् एनएमसी बालबचतकर्ता वृिष्ट भट्टराईले नगद रु ५ हजार पाएकी छिन । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, खुदुनाबारी शाखाले उनलाई बर्ष २०७६ मा श्री जनता माध्यमिक बिद्यालयका विद्यार्थीहरुमध्ये उत्कृष्ट नतिजा ४ जिपीए ल्याएवापत एवम् बालबचतकर्ता भएकाले सो पुरुस्कार प्रदान गरेको हो । यो पुरस्कार हरेक वर्ष एनएमसी सहकारी रहेका सबै स्थानका वालबचत कर्ताहरुले पाउछन् । पुरस्कार प्राप्त गर्न विद्यार्थी विद्यालय प्रथम हुनुको साथै बाल बचत कर्ता पनि हुन आवश्यक रहेको जानकारी खुदुनावारी शाखाका शाखा प्रमुख मानव बहादुर बुढाथोकीले जानकारी दिए । उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको सिफारिस विद्यालयले दिए पछि यो पुरस्कार वितरण गरिने उनले जानकारी दिए । हरेक वर्ष यो पुरस्कार विद्...