Monday, March 1News That Matters

लाेकसेवा

विश्वकै सबैभन्दा लामो समय सम्म सेवारत प्रधानमन्त्री हुन सेन

विश्वकै सबैभन्दा लामो समय सम्म सेवारत प्रधानमन्त्री हुन सेन

Breaking News, लाेकसेवा, विश्व जगत
विश्वकै सबैभन्दा लामो समय सम्म सेवारत प्रधानमन्त्री हुन हुन सेन । उनी कम्बोडिया देशका हुन् । उनी हाल लगातार कम्बोडियाको छैटौं कार्यकालको प्रधानमन्त्रीको रूपमा सेवा गरिरहेका छन ।सरकारमा बसेर सबैभन्दा लामो समयसम्म सेवा गर्ने प्रमुखको रुपमा विश्व परिचित छन् हुन सेन । कम्बोडियन पीपुल्स पार्र्टी सीपीपी का अध्यक्ष हुनुको साथै कण्डलका लागि राष्ट्रिय सभाको सदस्य पनि हुन ।उनले कम्बोडियाका विदेश मंत्रीको रूपमा काम गरे । उनी विश्वको सबैभन्दा कान्छो विदेश मंत्री पनि भए । विदेश मन्त्री बन्दा उनको उमेर मात्र २६ वर्षको थियो । ...
डा.संजिब उप्रेतीलाई पद्मश्री पुरस्कार र  मोदनाथ प्रश्रितलाई पद्मश्री साधना सम्मान

डा.संजिब उप्रेतीलाई पद्मश्री पुरस्कार र मोदनाथ प्रश्रितलाई पद्मश्री साधना सम्मान

Breaking News, लाेकसेवा, साहित्य
यस वर्षको पद्मश्री पुरस्कार उपन्यासकार तथा लेखक डा.संजिब उप्रेतीलाई उनको उपन्यास हंसको लागि प्रदान गरिने भएको छ । साथै पद्मश्री साधना सम्मान वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितलाई प्रदान गर्ने तय भएको छ । खेमलाल(हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा हरेक वर्ष यो पुरस्कार प्रदान गर्ने गरिन्छ । पद्मश्री पुरस्कार र पद्मश्री साधना सम्मानको पुरुस्कार राशि तीन लाख रुपैयाँ रहेको छ । वर्षभरि प्रकाशित नेपाली साहित्यीक पुस्तकहरुमध्ये एक उत्कृष्ट साहित्यीक पुस्तकलाई प्रत्येक वर्ष प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दछ भने साहित्य, कला, संगीत, अभिनय आदिमा क्रियशिल व्यक्तीलाई पद्मश्री साधना सम्मान प्रदान गर्दै आएको छ । ...
आइपिएलका बारेमा १० रोचक तथ्यहरु जुन तपाइलाई थाहा नहुन सक्छ ।

आइपिएलका बारेमा १० रोचक तथ्यहरु जुन तपाइलाई थाहा नहुन सक्छ ।

Breaking News, खेलकुद, ट्रेंडिंग, लाेकसेवा
आईपीएल विश्वको एक सर्वाधिक लोकप्रिय क्रिकेट लीग हो । आईपीएलको बारेमा तयार पारिएको रोचक तथ्यहरुबारे जानकारी लिनुहोस जसले तपाइको मन छुनेछ । १ आईपीएल खेलको प्रसारणको अधिकारहरू स्टार इंडिया नेटवर्कलाई ₹ १६३४७.५ करोडमा बेचिन्छ । यसको अर्थ १ बलको लागत २१ लाख रूपैयाँ हुन्छ।२ आईपीएलमा, दिल्ली डेयरडेभिल्स एक मात्र टोली हो जसले कहिले पनि आईपीएल फाइनल खेलेको थिएन ।३. प्रवीण कुमारले आईपीएलको इतिहासमा सबैभन्दा बढी डट बल हानेका थिए । ४.सचिन तेंदुलकर र विराट कोहली मात्र दुई भारतीय खेलाडी हुन् जसले आईपीएलको इतिहासमा सबैभन्दा मूल्यवान खेलाडीको पुरस्कार जितेका छन्।५. आईपीएलमा चेन्नई सुपर किंग्स एक मात्र टोली हो जसले आफ्नो कप्तान कहिल्यै परिवर्तन गरेको छैन ।६. आईपीएलको इतिहासमा अमित मिश्राको नाम सर्वाधिक ३ ह्याट्रिक छ।७. डेल स्टेनको एक आईपीएल सत्रमा डट बलको अधिक संख्या रेकर्ड छ । ८. विराट कोहलीको नाम...
पाल्पाका डा. मानबहादुर विश्वकर्मा ‘प्रसिद्ध सहभागीमूलक विकास लेखन सम्मान’ बाट सम्मानित

पाल्पाका डा. मानबहादुर विश्वकर्मा ‘प्रसिद्ध सहभागीमूलक विकास लेखन सम्मान’ बाट सम्मानित

Breaking News, ट्रेंडिंग, लाेकसेवा, समाज
बागमती प्रदेश सरकारका हालका प्रमुख सचिव पाल्पाका डा. मानबहादुर विश्वकर्मा २०७७ सालको ‘प्रसिद्ध सहभागीमूलक विकास लेखन सम्मान’ बाट सम्मानित भएका छन् ।दलितहरुको उत्थानमा धेरै समय देखि कलम चलाए वापत उहालाई नेपाल सहभागीमूलक कार्य समूह (नेपान) को २६ औं वार्षिक साधारणसभाका अवसरमा भर्चुअल कार्यक्रमद्धारा यो सम्मान प्रदान गरिएको हो ।उहालाई सम्मानपत्रसहित रु १० हजार राशिको यो पुरस्कार प्रदान गरिएको छ । उनी सावर्जनिक सेवामा सचिवको श्रेणी मा पुग्न सफल हुने नेपालको पहिलो दलित हुन् ।नेपानका पूर्व अध्यक्ष चेतनाथ कणेलद्धारा आफ्नो स्व. सुपुत्र प्रसिद्ध कणेलको स्मृतिमा २०७४ सालमा यो पुरुस्कारको स्थापना गरेका थिए । ...
महिला फिफा अण्डर—१७  विश्व कप फेरि स्थगित हुने सम्भावना ।

महिला फिफा अण्डर—१७ विश्व कप फेरि स्थगित हुने सम्भावना ।

Breaking News, खेलकुद, लाेकसेवा
महिला फिफा अण्डर १७ विश्वकप, जुन फेब्रुअरी—मार्चमा हुने भनी तयारी थालिएकोमा पुनः स्थगित हुने सम्भावना छ ।मूलतः भारतको ५ वटा स्थानहरुमा नोभेम्बर २ देखि २१ सम्म आयोजित हुने भनिएको कार्यक्रममा अब अर्को वर्ष फेब्रुअरी १७ देखि मार्च ७ सम्म हुने गरी सरेको छ । जसको मूख्य कारण विश्वव्यापी महामारीको रूपमा देखा परेको कोभिड १९ हो । स्वास्थ्य संकटले अझै पनि कम हुने कुनै लक्षण देखाएको छैन र क्वालिफाइंग टूर्नामेन्टहरू अफ्रिका, उत्तर र मध्य अमेरिका र दक्षिण अमेरिकामा आयोजित हुन नसक्दा पनि यो प्रतियोगिता फेरि स्थगित हुने उच्च सम्भावना छ ।यो टुर्नामेन्टको सुरुवात सन् २००८ मा भएको थियो । हालको च्याम्पियन स्पेन हो जसले २०१८ मा उरुग्वेमा भएको खेलमा पहिलो उपाधि जित्यो । ...
विश्वको पहिलो वायरलेस इलेक्ट्रिक सडकको निर्माण हुदै

विश्वको पहिलो वायरलेस इलेक्ट्रिक सडकको निर्माण हुदै

Breaking News, लाेकसेवा, विश्व जगत
इजरायलकोे प्रसिद्ध तेल अवीवले शहरमा सार्वजनिक यातायात चार्ज गर्न र बिजुली लिनको लागि वायरलेस इलेक्ट्रिक सडकहरू निर्माण गर्न काम गरिरहेको छ ।मूख्य कार्यक्रममा यस योजनालाई राखी इलेक्ट्रिक सडकहरू निर्माणको कार्य अगाडी बढाइएको छ । यसको नेतृत्व याफो नगरपालिकाले गरेको छ । इलेक्ट्रोन कम्पनी र डान बस कम्पनीको सहकार्यमा निर्माण कार्य धमाधम अगाडी बढ्दै छ । सरकारी र निजी क्षेत्र दुबैको साझा लगानी रहेको यो कार्यक्रममा विशेष सुविधायुक्त बसहरूको प्रयोग गरी सेवा दिने जनाइएको छ । बसहरु चार्ज गर्न सडक मुनि इलेक्ट्रिक पूर्वाधारहरु रहनेछन् । टेक्नोलोजीको परीक्षण र एकीकरणको समयरेखा करीव दुई महिना लाग्ने अपेक्षा गरिएको छ, जस पछि डान बस कम्पनीले टेल अवीव विश्वविद्यालयको लागि यात्रा गर्ने यात्रुहरूलाई रूटमा नियमित यात्रा सुरु गर्ने छ । ...
हिमचितुवाको उपनामले चिनिने सगरमाथा आरोही आङरिता शेर्पा रहेनन ।

हिमचितुवाको उपनामले चिनिने सगरमाथा आरोही आङरिता शेर्पा रहेनन ।

Breaking News, मुख्य समाचार, लाेकसेवा, समाज
कृत्रिम अक्सिजन नबोकी दश पटक सगरमाथा आरोण गरी साहसिक पहिचान बनाइ विश्व किर्तिमान गर्न सफल भएका आङरिता शेर्पाको सोमबार ७२ वर्षको उमेरमा १० बजे आफ्नै निवास काठमाडौँको जोरपाटीमा निधन भएको छ । उनको जन्म सन् १९४८ मा भएको थियो । उनको शेर्पा समुदायको परम्पारगत विधि अनुसार काठमाडौमा बुधवार अन्तिम संस्कार गरिएको छ । शेर्पाले सन १९८३ देखि १९९६ सम्म विनाअक्सिजन सगरमाथामा पाइला टेकेका थिए । विनाअक्सिजन उहाले पाकिस्तानको माउन्ट के टु, नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायतका हिमालहरु आरोहण गरिसक्नु भएको थियो । विश्व कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको नेपाल सरकारले राष्ट्रिय सम्मान साथ अन्त्येष्टि गर्नुका साथै अन्त्येष्टि गरिने र सम्पूर्ण खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ । ...
मदन पुरस्कर बानियालाई र जगदम्बा श्री ठटाललाई

मदन पुरस्कर बानियालाई र जगदम्बा श्री ठटाललाई

Breaking News, लाेकसेवा, साहित्य
असोज ४ गते बसेको मदन पुरस्कर गुठीको साधारण सभाले २०७६ सालको जगदम्बा श्री पुरस्कार छ दशक देखि गीत र संगीत क्षेत्र को उत्थान मा विशेष योगदान गरेका श्री शाति ठटाललाई सम्मानित गर्ने निर्णय गरेको छ । यही बैठकले २०७६ सालमा प्रकाशित पुस्तकहरु मध्ये श्रीचन्द्र प्रकाश बानियाको उपन्यास महारानीको लागि उनलाई मदन पुरस्कार २०७६ दिने निर्णय गरेको छ ।२०१२ सालमा स्थापित मदन पुरुस्कार गुठीले २०१३ सालमा पहिलो पटक मदन पुरस्कारबाट गद्य विधामा सत्यमोहन जोशीलाई हाम्रो लोक संस्कृतिमा, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको जनरल भिमसेन थापा र तत्कालिन नेपाल तथा विज्ञान विधामा बलराम जोशीको अधिकविभव स्थीर विद्युत उत्पादक पुस्तकहरुलाई मदन पुरुस्कार वितरण गरेको थियो । वि.स २०४५ मा रानी जगदम्बाको निधन पछि वहाको सम्झना स्वरुप जगदम्बा श्री पुरुस्कारको स्थापना गरिएका थियो । यो सम्मान पहिलो पटक नारायण गोपाललाई प्र...
हरेक वर्ष सेप्टेम्बर २२ मा मनाइन्छ विश्व गैडा दिवश

हरेक वर्ष सेप्टेम्बर २२ मा मनाइन्छ विश्व गैडा दिवश

Breaking News, मुख्य समाचार, लाेकसेवा, विश्व जगत
सेप्टेम्बर २२ विश्व गैंडा दिवस हो । यस वर्षकाे नारा सेभ फाइभ थियो । विश्वका नागरिकहरु विभिन्न तरीकाले गैंडा दिवश मनाउछन् । विश्व गैंडा दिवशमा विभिन्न क्रियाकलापहरु गरिन्छन् । विश्वका विभिन्न स्थानहरुमा शान्तिपूर्ण र्याली र्निकालेर एवम् जनचेतनामूलक पोस्टरहरु टाँसेर यो दिवश मनाइन्छ । नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरी गैडा दिवश मनाउने गरिन्छ । विश्वमा ५ प्रजातिका एक सिंगे गैडा पाइन्छन । पाँच प्रजातिहरुमा जाभन,सुमात्रन, ब्लाक, वाइट र गे्रटर वान हर्न गैडाहरु हुन । यी मध्येहरु जाभन र सुमात्रन गैडाहरु अति दुर्लभ गैडाहरु मानिन्छन । सन २०१५ को गणनामा नेपालमा ६४५ एक सिंगे गैडा गणना गरिएको थियो जसमा ६०५ गैडा चितवन राष्ट्रिय निकुञजमा रहेका छन् । नेपालमा गैडा संरक्षणका लागि कडा कानुनको व्यवस्था गरिएको छ । नेपालमा गैँडा मारेमा अधिकतम १५ वर्ष कैद सजाय र रु १० लाख जरिवाना वा दुवै हुने...