Monday, March 1News That Matters

मुख्य समाचार

भौतिक दुरी कायम गर्दै कक्षा १२ को परीक्षा आजबाट सुरु

भौतिक दुरी कायम गर्दै कक्षा १२ को परीक्षा आजबाट सुरु

Breaking News, मुख्य समाचार
https://youtu.be/Sd4_m7phQKo भौतिक दुरी कायम गर्दै कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरुले परीक्षा दिदै छन । सवै परीक्षार्थीहरुले आ आफ्नो विद्यालयबाट आजदेखि परीक्षा दिदै छन । परीक्षा ४० अंकको मात्र हुनेछ । बाकी ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने भएको छ। ...
२०७७ सालकाे भाइटिकाको साइत सार्वजनिक

२०७७ सालकाे भाइटिकाको साइत सार्वजनिक

Breaking News, मुख्य समाचार
नेपाल पञ्चाङ्ग निर्णायक समितिले २०७७ सालको भाइटिकाको उत्तम साइत मंसिर १ गते ११ बजेर ३७ मिनेटमा रहेको जानकारी गराएको छ ।
कक्षा ११ को नयाँ पाठ्यक्रम लागू  नर्गन सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश

कक्षा ११ को नयाँ पाठ्यक्रम लागू नर्गन सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश

Breaking News, मुख्य समाचार
शैक्षिक सत्र २०७७÷७८ बाट लागु भनी निर्धारण भएको नयाँ पाठ्यक्रम लागू नर्गन सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश बिहिबार जारी गरेको छ । नयाँ पाठ्यपुस्तक बजारमा आइसकेको एवम् धेरै विद्यालयहरुमा पठन पाठन सञ्चालन भइ रहेको अवस्थामा यो आदेश जारी भएको छ । सर्वोच्च अदालतले राष्ट्रिय विद्यालय पाठ्यक्रम ड्राफ्ट २०७६ लागू नगर्न छोटो अवधिको अन्तरिम आदेश जारी गरेको छ । यो आदेश सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीले जारी गरेका थिए ।आदेशको साथ, कक्षा ११ को लागि हाल नयाँ पाठ्यक्रम लागु हुने छैन । भगवत अर्यालले लगाईएको रिटमा भएको बहसपछि सर्वोच्च अदालतले विपक्षी पाठ्यक्रम विकास केन्द्र, सानोथीमीलाई आउँदो १५ दिन भित्र उपयुक्त कारणसहितको लिखित जवाफ पेश गर्न आदेश दिएको छ । ...
राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अपरेटर पदमा रोजगारीको सूवर्ण अवसर । कक्षा १२ पासले निवेदन दिन सक्ने

राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अपरेटर पदमा रोजगारीको सूवर्ण अवसर । कक्षा १२ पासले निवेदन दिन सक्ने

Breaking News, मुख्य समाचार
बाइक किन्ने बहानामा नाटकीय शैलीमा विर्तामोडमा दिउसै चोरी

बाइक किन्ने बहानामा नाटकीय शैलीमा विर्तामोडमा दिउसै चोरी

Breaking News, ट्रेंडिंग, मुख्य समाचार
निलो ट्राउजर, मास्क, क्याप लगाएर उभिएका व्यक्ति चोरीको घटनामा संलग्न व्यक्ति हुन् । तस्वीर— रिकन्डिसन हाउसको सिसिटिभि क्यामेरामा कैदा भएको । विर्तामोड, झापा विर्तामोड, भद्रपुर रोडमा रहेको अमिर रिकन्डिसन हाउसबाट मंगलबार दिउसै बाइक चोरी भएको छ । ग्राहक बनेर बाइक किन्ने बहानामा आएको चोरले टेस्ट डा्रइभ गर्ने बहानामा बाइक लिएर फरार भएका छन् । यो घटना करिब दिउसो १२ः४५ बजे भद्रपुर रोड, बिजुली आसपासमा घटेको सो रिकन्डिसन हाउसका संचालक अमिर खान पठानले बताएका छन् । चोरी गर्ने व्यक्ति विहान ९ बजे सो रिकन्डिसन हाउसमा मास्क लगाएर बाइक खरिद गर्ने बहानामा आएका थिए । अन्दाजी २० वर्षका मंगोलियन अनुहारका करिब ५ फिट उचाइ भएका एवम् ट्राकसुट लाएर आएका थिए चोरीको घटनामा संलग्न ती व्यक्ति । ती व्यक्तिले करिब २ लाख लागतको स ८ प ८९१६ को २२० सीसीको पल्सर किन्ने इच्छा व्यक्त गरेका थिए । ...
दशैंँ बिदामा बैंकका शाखाहरु बन्द

दशैंँ बिदामा बैंकका शाखाहरु बन्द

Breaking News, मुख्य समाचार
विश्वव्यापीरुपमा देखिएको कोरोना भाइरसका कारण यो बडादशैमा बैंकहरुले आफ्ना शाखाहरु बन्द गर्ने भएका छन् । कात्तिक ७ गते देखि ११ गतेसम्म पाँच दिन सम्म देशभरका सबै वाणिज्य बैंकका शाखा बन्द गर्ने निणर्य नेपाल बैंकर्स संघले गरेको छ ।शाखाहरु बन्द रहेकोमा डिजिटल कारोबार बढ्नुका साथै कोरोना संक्रमण न्यूनिकरणमा सहयोग मिल्नेछ । ...
धादिङ्गमा निषेधाज्ञा थपः अर्को सूचना नआएसम्म निषेधाज्ञा कायम रहने ।

धादिङ्गमा निषेधाज्ञा थपः अर्को सूचना नआएसम्म निषेधाज्ञा कायम रहने ।

Breaking News, मुख्य समाचार
धादिङ्ग, बाबु आले मगर बी जी कोभिड १९ को बढ्दो महामारीले उत्पन्न गरेको विषम परिस्थीतिका कारण धादिङ्ग जिल्लामा मंगलबार राति १२ बजेबाट लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ । यो निषेधाज्ञा अर्कों सूचना जारी नभएसम्मका लागि कायम हुने जिल्ला प्रशासन कार्यालय, धादिङले जनाएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड (१९) का कारण जिल्लामा पनि संक्रमितहरुको संख्या बढ्दै गएको र कोभिड १९ संक्रमण दर पनि बढि रहेको अवस्थामा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) र संक्रामक रोग ऐन, २०२० को दफा (२) बमोजिम यो निषेधाज्ञा जारी गरिएको हो । असोज २७ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले मिति असोज २७ गते राति १२.०० बजे देखि अर्को आदेश नहुन्जेलसम्मका लागि धादिङ जिल्ला भरनिषेधाज्ञा थप गरिएको व्यहोरा प्रशासनद्धारा जारी गरिएको सूचनामा उल्लेख छ । सूचनामा उल्लेख रहेका ९ वटा निणर्य...
वडादशैं २०७७ मा  पुरानै नाेट ।

वडादशैं २०७७ मा पुरानै नाेट ।

Breaking News, मुख्य समाचार
वडादशैं २०७७ को प्रयोजनको लागि नयाँ नोट सटही नगरिने सम्बन्धी सूचना नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जारी गरेको छ । विश्वव्यापी महामारी कोभिड १९ को संक्रमण नेपालमा तीव्र गतिमा बढ्दै गएको कारण यो निणर्य लिएको हो । नेपाल राष्ट्र बैंकले विगत वर्षहरूदेखि वडादशै लगायतका राष्ट्रिय चाड पर्वहरूमा सर्वसाधारणको लागि साना दरका नयाँ नोटहरूको सटही व्यवस्थापन गर्दै आएको थियो । बैंकहरूमा बढी भिडभाड हुने भएकाले सोको नियन्त्रणका लागि यो कदम चालिएको हो । नया नोट साट्ने क्रममा हुने भिडभाडबाट संक्रमण फैलन सक्ने सम्भावना घटाउनका लागि यो निणर्य गरिएको सूचना बैंकले जारी गरेको छ । ...
पर्यटकलाई आकर्षित गर्दै अर्जुनधाराको  विरिङ्ग डिएमसी झोलुङ्गे पुल

पर्यटकलाई आकर्षित गर्दै अर्जुनधाराको विरिङ्ग डिएमसी झोलुङ्गे पुल

Breaking News, मुख्य समाचार, स्थानिय निकाय
(भिडियो सहित)झापा Copyright Pardarshita.com अर्जुनधारा नगरपालिका वडा नं. ७, मिलडाँडा देखि दक्षिणमा आकर्षक झोलुङ्गे पुल निर्माण भएको छ । नेपाल सरकार संघीय मामिला र सामान्य प्रशासन मन्त्रालय, स्थानीय पूर्वाधार विभाग, झोलुंगे पुल महाशाखा मार्फत अर्जुनधारा वडा नं. ७ र ५ लाई जोड्ने गरि उक्त पुल निर्माण भएको हो । Copyright Pardarshita.com उक्त पुललाई विरिङ्ग डिएमसी झोलुङ्गे पुल नाम दिइएको छ । माननिय सांसद पवित्रा निरौला खरेल एवम् अर्जुनधारा नगरपालिकाको विशेष पहलमा यो पुल निर्माण भएको हो । Copyright Pardarshita.com करिब १ करोड २० लाख लागतमा बनेके उक्त झोलुंगे पुल ले अर्जुनधारा नगरपालिकाको वडा नं. ७ ५ र ४ लाई जोड्दै तीनै वडा वासीहरुलाई लाभान्वित गरेको छ । झोलुंगे पुल बन्नु अघि निकै कष्टकर यात्रा रहेको बताउछन् स्थानीयहरु । विरिङ्ग खोलाका कारण आवतजावतमा निकै कठिनाइ रहेको स...
घरमा सम्पत्ति बढाउने वास्तु टिप्सहरु

घरमा सम्पत्ति बढाउने वास्तु टिप्सहरु

Breaking News, ट्रेंडिंग, मुख्य समाचार
यी कुराहरु गर्नुहोस घरमा सम्पत्ति बढाउन Image Source https://pngtree.com/so/stacking कमाएको सम्पत्ति धमाधम खर्च भैरहेको छ भने कृपया यी वास्तुशास्त्रका टिप्सहरुको पूणर् पालना गर्नुहोला । यी तलका कारणहरुको पालना नगरेको कारणले पनि तपाईको घरमा सम्पत्ति घट्दै गएको हुनसक्छ । घरमा धन बढाउन एवम् खर्च घटाउन भगवान कुवेरलाई खुसी बनाउन अति आवश्यक छ किनकी कुवेर नै धनका देवता हुन । तपाईले सही समयमा यी उपायहरुको पालना गर्नु भएको खण्डमा कुवेर खुसी हुन्छन् । १. जहिले पनि लकरको अगाडिको भित्तामा ऐना राख्नु होस ताकि ऐनाले लकर दुइ वटा देखाउछ । यो सांकेतिक रुपमा दोब्बर बन्छ तर यसले वास्तुशास्त्र अनुरुप ठूलो फाइदा गर्छ धन बढाउन । २. कहिल्यै पनि घर अगाडी दक्षिण दिशामा तपाईको घरको जमिनको स्तर भन्दा तल हुने गरी पोखरी नबनाउनुहोस । ३. तपाईको धन भएको दराज वा लकर जहिले पनि दक्षिण वा दक्षिण पश्चिम ...