साहित्य

गजल
डबलीहरुमा अल्मलएिकाले बरु थोरै प्यार किन्छन्,थोरै थोरै भए पनि बाँच्न बँचाउन आधार किन्छन्,
के लेखोस् सत्य समाचार विचराहरुको कलमले ?जब पार्टी पार्टीले हरेक पल पत्रकार किन्छन्,
अरे मेरो देश ! स्वर्गको एक टुक्रा मान्नेहरु हो,हेर टाउकेहरुले त कर्तब्य बेच्छन् अधिकार किन्छन्,
आज खजाना छैन भन्नेहरु रातारात हुन्छन् अरबपती,भुल्छन् सद्भावका गुणहरु र बदलामा अहंकार किन्छन्,
हेर, जस्को सेवा गरी हिड्छौ उसैले टेक्छ तिम्राे टाउको,के भोगोस् बलत्कारीले कानुन, उनी कारागार किन्छन् ।।
...

डा.संजिब उप्रेतीलाई पद्मश्री पुरस्कार र मोदनाथ प्रश्रितलाई पद्मश्री साधना सम्मान
यस वर्षको पद्मश्री पुरस्कार उपन्यासकार तथा लेखक डा.संजिब उप्रेतीलाई उनको उपन्यास हंसको लागि प्रदान गरिने भएको छ । साथै पद्मश्री साधना सम्मान वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितलाई प्रदान गर्ने तय भएको छ ।
खेमलाल(हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा हरेक वर्ष यो पुरस्कार प्रदान गर्ने गरिन्छ । पद्मश्री पुरस्कार र पद्मश्री साधना सम्मानको पुरुस्कार राशि तीन लाख रुपैयाँ रहेको छ ।
वर्षभरि प्रकाशित नेपाली साहित्यीक पुस्तकहरुमध्ये एक उत्कृष्ट साहित्यीक पुस्तकलाई प्रत्येक वर्ष प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दछ भने साहित्य, कला, संगीत, अभिनय आदिमा क्रियशिल व्यक्तीलाई पद्मश्री साधना सम्मान प्रदान गर्दै आएको छ ।
...

मदन पुरस्कर बानियालाई र जगदम्बा श्री ठटाललाई
असोज ४ गते बसेको मदन पुरस्कर गुठीको साधारण सभाले २०७६ सालको जगदम्बा श्री पुरस्कार छ दशक देखि गीत र संगीत क्षेत्र को उत्थान मा विशेष योगदान गरेका श्री शाति ठटाललाई सम्मानित गर्ने निर्णय गरेको छ । यही बैठकले २०७६ सालमा प्रकाशित पुस्तकहरु मध्ये श्रीचन्द्र प्रकाश बानियाको उपन्यास महारानीको लागि उनलाई मदन पुरस्कार २०७६ दिने निर्णय गरेको छ ।२०१२ सालमा स्थापित मदन पुरुस्कार गुठीले २०१३ सालमा पहिलो पटक मदन पुरस्कारबाट गद्य विधामा सत्यमोहन जोशीलाई हाम्रो लोक संस्कृतिमा, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको जनरल भिमसेन थापा र तत्कालिन नेपाल तथा विज्ञान विधामा बलराम जोशीको अधिकविभव स्थीर विद्युत उत्पादक पुस्तकहरुलाई मदन पुरुस्कार वितरण गरेको थियो ।
वि.स २०४५ मा रानी जगदम्बाको निधन पछि वहाको सम्झना स्वरुप जगदम्बा श्री पुरुस्कारको स्थापना गरिएका थियो । यो सम्मान पहिलो पटक नारायण गोपाललाई प्र...