
कुकुर तिहारमा मात्र होइन सधै सेवा दिने युवाहरु
विर्तामोड, झापा
तिहारको दोस्रो दिन हो कुकुर तिहार । घरमा पालेका कुकुरहरुलाई पुजा गर्नु सामान्य हो । घरमा कुकुर नपालेका हरुले समुदायका कुकुरहरुलाई पुजा गर्ने गर्दछन् ।
तर समाजमा यस्ता युवाहरु छन् जो समुदायका कुकुरहरुको सेवा गर्न कुकुर तिहार नै पर्खदैनन् । सेवा नै धर्म हो भन्ने मूल नारा लिएका यी युवाहरुले कुकुर तिहारको दिन झनै विशेष सेवा दिए सडकका कुकुरहरुलाई ।
रोट्राक क्लब, विर्तामोड सँग सहकार्य गरि पज सोसाइटीले सडकका कुकुरहरुलाई खाना मात्र खुवाएनन उपचार पनि गरे । यसका साथै करिब १०० भन्दा बढी कुकुरहरुको घाटीमा दुर्घटना न्यूनिकरण गर्ने रिफ्ल्याकटिभ बेल्ट पनि लगाइदिए ।
शनिश्चरे रोड, बसपार्क, कृषिथोक, भद्रपुर रोड क्षेत्रका करिब ३५० भन्दा बढी कुकुरहरुको सेवामा विहान ६ बजे देखि ११ बजेसम्म निरन्तर लागे माथिका संस्थाहरु । पज सोसाइटीबाट सकुन तुम्रोक, मनु राजवंशी, सुक...