
विश्व रेविज दिवसको अवसरमा विर्तामोड नगरपालिकाद्धारा निःशुल्क रेबिज बिरुद्धको खोप कार्यक्रम
विश्व रेविज दिवसको अवसर पारेर विर्तामोड नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखाले यहि मिति २०७७ असोज १२ देखि १८ गतेसम्म निःशुल्क रेबिज बिरुद्धको खोप लगाउने कार्यक्रम आयोजना गरेको छ ।
सबैले आ—आफ्नो घर तथा समुदायमा रहेका सामुदायिक कुकुर र बिरालोहरू पशुपन्छी तथा मत्स्य विकास शाखामा ल्याई खोप लगाउनुहुन आम नगरवासीहरूमा अनुरोध गरेको छ ।
रेबिज एउटा भाइरस हो, यसलाई न्यूरोट्रोपीक भाइरस भनिन्छ । यस वर्षको विश्व रेबिज दिवसको नारा 'End Rabbies: Collaborate and Vaccinate' रहेको छ । यसै नारामा ऐक्यवद्धता जनाउदै नगरले यो निशुल्क खोप कार्यक्रमको आयोजना हरेक वर्ष झै गर्दैै आएको छ ।
विश्व रेबीज दिवस रेबीज रोकथामको लागि कार्य र जागरूकताको पहिलो र एक मात्र विश्वव्यापी दिन हो । यो समुदायको रूपमा एकजुट हुने अवसर हो । सेप्टेम्बर २८ विश्व रेविज विरुद्धको दिवश हो । यस वर्ष १४ औं दिवश विश...