
बाइक किन्ने बहानामा नाटकीय शैलीमा विर्तामोडमा दिउसै चोरी
निलो ट्राउजर, मास्क, क्याप लगाएर उभिएका व्यक्ति चोरीको घटनामा संलग्न व्यक्ति हुन् । तस्वीर— रिकन्डिसन हाउसको सिसिटिभि क्यामेरामा कैदा भएको ।
विर्तामोड, झापा
विर्तामोड, भद्रपुर रोडमा रहेको अमिर रिकन्डिसन हाउसबाट मंगलबार दिउसै बाइक चोरी भएको छ । ग्राहक बनेर बाइक किन्ने बहानामा आएको चोरले टेस्ट डा्रइभ गर्ने बहानामा बाइक लिएर फरार भएका छन् ।
यो घटना करिब दिउसो १२ः४५ बजे भद्रपुर रोड, बिजुली आसपासमा घटेको सो रिकन्डिसन हाउसका संचालक अमिर खान पठानले बताएका छन् । चोरी गर्ने व्यक्ति विहान ९ बजे सो रिकन्डिसन हाउसमा मास्क लगाएर बाइक खरिद गर्ने बहानामा आएका थिए ।
अन्दाजी २० वर्षका मंगोलियन अनुहारका करिब ५ फिट उचाइ भएका एवम् ट्राकसुट लाएर आएका थिए चोरीको घटनामा संलग्न ती व्यक्ति । ती व्यक्तिले करिब २ लाख लागतको स ८ प ८९१६ को २२० सीसीको पल्सर किन्ने इच्छा व्यक्त गरेका थिए ।
...