Thursday, February 25News That Matters

Uncategorized

विर्तामोड नगरपालिकाको प्रमूख प्रशासकीय अधिकृतमा गणेश दाहाल

विर्तामोड नगरपालिकाको प्रमूख प्रशासकीय अधिकृतमा गणेश दाहाल

Breaking News, Uncategorized, समाज, स्थानिय निकाय
विर्तामोड नगरपालिकाका निर्वतमान प्रमूख प्रशासकीय अधिकृत पशुपति खतिवडा भाद्र १६ गतेबाट अनिवार्य अवकाश लिए पश्चात रिक्त भएको सो पदमा गणेश दाहाल सामान्य प्रशासनबाट निर्णय भई नियुक्त भएका छन् । गणेश प्रसाद दाहाललाई एक कार्यक्रम बिच असोज ७ गते नगरपालिकाको सभाहलमा विर्तामोड नगरपालिकाका नगरप्रमूख एवम् कर्मचारीहरुले स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । असोज ७ गतेबाट विर्तामोडा नगरपालिकामा प्रमूख प्रशासकीय अधिकृतको पदभार ग्रहण गरेका दाहाल यस अधि १ नं. प्रदेश मूख्यमन्त्री कार्यालयमा कार्यरत थिए । नगरप्रमूखले अध्यक्षता ग्रहण गरेको सो कार्यक्रममा दाहालले विर्तामोड नगरको विकास समग्र जनप्रतिनिधि एवम् कर्मचारीहरुको संयुक्त प्रयासमा मात्र सफल हुने बताए । साथै सम्पूर्ण कर्मचारीहरुलाई सोहि दिन देखि नै सेवाग्राहीहरुको सन्तुष्टीमा ध्यान दिदै अनुशासनमा रहि सेवा प्रवाह गर्न निर्देशन दिए...